बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको छ ।
बिहीबार राति रास्वपाका सभापति रवि लामिछानेको दाङ आगमनको समयमा तुलसीपुर उपमहानगरपालिकाको बिरेन्द्रचोकमा रास्वपाका कार्यकर्ताहरुले राजा वीरेन्द्रको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहार गरेको भन्दै राप्रपा लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको हो ।
राप्रपाले निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै पार्टीको दायित्व हुने स्मरण गराउँदै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न सबै दल तथा व्यक्तिहरुलाई समेत आग्रह गरेको छ ।
एमालेले घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।















