रास्वपाले चुनाव नजित्ने निष्कर्ष नकालेकाले भाँड्न खोज्याे

25

काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव नजित्ने निष्कर्ष नकालेकाले भाँड्न खोजेको जनाएका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रास्वपाले चुनाव भाँड्न खोजेको आरोप लगाए।

‘मलाई के लाग्छ रास्वपाले चुनाव नजित्ने भन्ने निष्कर्ष निकालेको छ। त्यसकारण कतै झन्डा जलाउने, अमर्यादित, अतुलनीय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने प्रकारका कुरा देख्न थालिएको छ। यसको अर्थ उनीहरू यो चुनाव भाँड्ने पक्षमा गएको अनुमान गर्न सकिन्छ,’ उनले भने।

रास्वपाले आफ्नो पक्षमा नतिजा आएमा मात्रै चुनाव हुन दिने योजना बनाएको उनले बताए।

‘यसको अर्थ उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, पक्षमा नतिजा हुन नदिने हो भने चुनाव हुन नदिने खालको प्रवृत्ति देखिन्छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here