काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले मतदान गरेका छन् । उनले अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा मतदान गरेका हुन् ।
नेता रावलले बिहान ७ बजेट २ मिनेटमा मतदान गरेको उनको सचिवालयले जनाएको छ । उनी अछाम–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट भरतकुमार स्वार, नेकपा एमालेबाट दीपक साउद, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ओमप्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लोकेन्द्रबहादुर शाहलगायत उम्मेदवार छन् ।


















