बालिका सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ

7

धनगढी । कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो ।

उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here