‘वन ब्याटल आफ्टर अनदर’ ले अस्कर अवार्ड जित्याे

7

लस एन्जलस । राजनीतिक थ्रिलर फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्डमा उल्लेखनीय सफलता हासिल गरेको छ । आइतबार लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित समारोहमा यो चलचित्रले  सर्वश्रेष्ठ फिल्मसहित कुल ६ अवार्ड जित्दै यस वर्षको प्रमुख विजेता बनेको हो ।

निर्देशक पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने उनले उत्कृष्ट मौलिक पटकथा विधामा पनि अस्कर हात पारे । अवार्ड ग्रहण गर्दै एन्डरसनले आफूले यो चलचित्र  आफ्ना सन्तानका लागि लेखेको जनाएका थिए ।

उनले भने, ‘हामीले छाडेर जाने संसारका कारण आफ्ना छोराछोरीसँग माफी माग्न यो चलचित्र  लेखेको हुँ । तर उनीहरू नै भविष्यमा सामान्य समझदारी र सभ्यताको भावना फर्काउने पुस्ता बन्नेछन् भन्ने आशा पनि छ ।’

अमेरिकाको एक प्रकारको पुलिस–राज्यमा रूपान्तरण भएको राजनीतिक वातावरणलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको यो चलचित्रले सत्ता, निगरानी र नागरिक स्वतन्त्रताबीचको तनावलाई चित्रण गर्छ । सशक्त कथा, निर्देशन र अभिनयका कारण चलचित्रले समीक्षक र दर्शक दुवैबाट व्यापक प्रशंसा पाएको थियो ।

अस्करमा ‘वन ब्याटल आफ्टर अनदर’पछि सबैभन्दा धेरै चर्चा बटुल्ने चलचित्र “सिनर्स” रह्यो। यस चलचित्रले ४ अवार्ड जित्यो, जसमा रायन कुगलरको मौलिक पटकथा र माइकल बी. जोर्डनको उत्कृष्ट अभिनेता अवार्ड प्रमुख थिए ।

यी दुवै चलचित्र वार्नर ब्रदर्सबाट निर्माण भएका हुन्, जसले सन् २०२५ मा कम्पनीका लागि उल्लेखनीय सफलता दिलायो । सोही वर्ष स्टुडियोले “सुपरम्यान”, “अ माइन्क्राफ्ट मुभी” र “वेपन्स” जस्ता चर्चित चलचित्रहरु पनि प्रदर्शन गरेको थियो ।

तर यी सफलताबीच कम्पनीको भविष्य भने केही अनिश्चित देखिएको छ । वार्नर ब्रदर्स डिस्कभरीले आफूलाई करिब १११ अर्ब डलरमा प्यारामाउन्टलाई बेच्ने सम्झौता गरेको छ । नियामक निकायबाट स्वीकृति पाएमा यो सम्झौताले हजारौँ रोजगारी गुम्ने र हलिउड उद्योगमा थप विलय तथा संरचनात्मक परिवर्तनको अवस्था सिर्जना हुन सक्ने अनुमान गरिएको छ ।

चलचित्र ‘ह्यामनेट’मा आफ्ना साना छोराको मृत्युको पीडासँग जुधिरहेकी एक आमाको भावनात्मक भूमिका सशक्त रूपमा प्रस्तुत गरेकी जेसी बक्ली उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।

माइकल बी. जोर्डनलाई भने ‘सिनर्स’मा डेल्टा क्षेत्रमा रहेको जुक जोइन्टका जुम्ल्याहा मालिकहरूको भूमिका निभाएबापत उत्कृष्ट अभिनेताको सम्मान प्रदान गरिएको हो ।

<strong>विजेता सूची :</strong>

उत्कृष्ट चलचित्र : वान ब्याटल आफ्टर अनदर

उत्कृष्ट अभिनेत्री : जेसी बक्ली – ह्याम्नेट

उत्कृष्ट अभिनेता : माइकल बी जोर्डन (सिनर्स)

उत्कृष्ट निर्देशक : पल थोमस एन्डरसन – वन ब्याटल आफ्टर अनदर

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : सेन्टिमेन्टल भ्यालु (नर्वे)

उत्कृष्ट मौलिक गीत : गोल्डेन – के-पप डेमन हन्टर्स

उत्कृष्ट छायांकन : सिनर्स

उत्कृष्ट फिल्म सम्पादन : वन ब्याटल आफ्टर अनदर

उत्कृष्ट ध्वनि : एफ वान

उत्कृष्ट मौलिक सङ्गीत (ओरिजिनल स्कोर) : सिनर्स

उत्कृष्ट भिजुअल इफेक्ट्स : अवतार फायर एन्ड एश

उत्कृष्ट छोटो वृत्तचित्र (डकुमेन्ट्री) फिल्म : अल द एम्प्टी रुम्स

उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री) फिचर फिल्म : मिस्टर नोबडी अगेंस्ट पुटिन

सहायक अभिनेता : वन ब्याटल आफ्टर अनदर

प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन

उत्कृष्ट मौलिक पटकथा : सिनर्स

सहायक अभिनेत्री : वेपन्स’

अनुकूलित पटकथा : “वन ब्याटल आफ्टर अनदर

मौलिक पटकथा : सिनर्स

उत्कृष्ट एनिमेटेड फिचर फिल्म : के-पप डेमन हन्टर्स

उत्कृष्ट एनिमेटेड छोटो फिल्म : द गर्ल हु क्राइड पर्ल्स

कस्ट्युम डिजाइन : फ्रान्केनस्टाइन

उत्कृष्ट कास्टिङ : वन ब्याटल आफ्टर अनदर

लाइभ-एक्सन छोटो फिल्म : द सिङ्गर्स

मेकअप तथा हेयरस्टाइलिङ : फ्रान्केनस्टाइन

प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here