चर्चित गायक ओम सुनारले टिकटक लाइभमार्फत निःशुल्क संगीत कक्षा लिने

7

काठमाडौं । नेपालका चर्चित गायक ओम सुनारले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक मार्फत संगीतप्रेमीहरूका लागि निःशुल्क अनलाइन संगीत कक्षा सञ्चालन गर्दै आएका छन्। सन् २०२१ देखि निरन्तर रूपमा हरेक वर्ष करिब तीन महिना चल्ने यो कार्यक्रमले देश–विदेशमा रहेका संगीत सिक्न इच्छुक व्यक्तिहरूलाई ठूलो अवसर प्रदान गरेको छ।

सुनारले काठमाडौंको पुतलीसडकस्थित गुरुकुल संगीत पाठशालामा संगीत गुरु गुरुदेब कामतसँग शास्त्रीय संगीत तालिम लिएका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट संगीत विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् भने हाल स्नातकोत्तर तहको तेस्रो सेमेस्टर अध्ययन गरिरहेका छन्।

उनीले दर्जनौँ नेपाली चलचित्रका हिट गीतहरूमा स्वर दिएका छन्, जस्तै: सुपारी काचो, आमैले भन्थे धाराको पानी, डर्लिङ्ग, चंद्रमाझै राम्री छौ। साथै दर्जनौँ एल्बमका गीतहरूमा पनि स्वर दिइसकेका छन्, जस्तै: मैले माया लागाय, तिमी बिना, यो मन, लाहुरे सिपाही दाई, मायाले सजाउला।

यसबाहेक, उनी अनाथ बालबालिकालाई निःशुल्क संगीत सिकाउने सामाजिक कार्यमा सक्रिय छन्। उनी विभिन्न संगीत–संगीत सम्बन्धित संस्थामा आबद्ध छन्। साथै, उनी संगीत अनुसन्धान तथा विकास मंच नेपालका निबर्तमान अध्यक्ष पनि हुन्।

उनीलाई FAWON र नेपाल म्युजिक भिडियो निर्देशक समाजले मानार्थ सदस्यको रूपमा सम्मानित गरेको छ। आफ्नो संगीत कर्मबाट उनी विभिन्न अवार्ड र सम्मानहरू प्राप्त गरिसकेका छन्, जस्तै:

Best Singer Male – 3rd PIM Nepal Film Festival 2020
Best Singer of the Year Male (Folk Pop) – 4th Sagarmatha Music Award 2022
Best Playback Singer – 4th Nepal Music & Fashion Award 2023
Artist & Creator Honor – 2022
National Singer Honor – 2024
National Film Culture Ratna Honor – 2023
Youth Singer Honor – 2023

साथै उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगीत–फिल्म महोत्सव र अवार्ड कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्, जस्तै:

12th International Folk Music Film Festival 2022
4th Jyoti Films Music Awards 2023
12th Nepal Africa Film Festival 2024

ओम सुनारले गायन र संगीतलाई प्रवर्द्धन गर्नुका साथै जिम्मेवार नागरिकको भूमिका पनि प्रभावकारी रूपमा निर्वाह गर्दै आएका छन्।

संगीत सिक्न इच्छुक व्यक्तिहरू टिकटकमा उनलाई फलो गरेर लाइभ कक्षामा सहभागी हुन सक्नेछन्। हाल उनलाई टिकटकमा ७० हजारभन्दा बढी प्रयोगकर्ताले फलो गरेका छन्। कक्षा हरेक दिन बिहान ८ बजे देखि ९ बजेसम्म सञ्चालन हुन्छ।

ओम सुनारको यो पहल संगीतलाई डिजिटल माध्यममार्फत सबैका लागि पहुँचयोग्य बनाउने उदाहरणको रूपमा हाइलाइट गरिएको छ। संगीत शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने उनको प्रयास हामी सबैले सम्मान गर्नु आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here