काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा घर बस्ने वर्ष २८ को सागर गिरी र वर्ष २८ को प्रमोद प्रसाद धिताल पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका ८ भिमढुङ्गा स्थितमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने निम्न २ जनालाई रु. १,१६,००,०००।- (अक्षरेपि एक करोड सोह्र लाख) रुपैयाँ नगद लगायत निम्न दसीका सामानहरू सहित नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप लिइ थप अनुसन्धान भइरहेको छ ।
बरामद सामानहरू
१. विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान – ३
२. विभिन्न व्यक्तिको नाममा काटेको रु. २७ लाख ३० हजार रुपैयाँको चेक थान – ३
३. विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ATM कार्ड थान ४
४. नागरिकता थान – १
५. चार पाङ्ग्रे सावरी साधन – २
६. दुई पाङ्ग्रे सवारी साधन – १
७. सवारी दर्ता किताब थान – ३
८. विभिन्न कम्पनीको मोबाइल फोन थान – ६
९. NCELL र NTC को SIM Card थान – ३१
१०. Computer सेट – १
११. Bianace खातामा रहेको रकम 7,175.34 USDT


















