रामेश श्रेष्ठ
अचेल झोला अनि झोला बोक्ने झोलेको खुबै चर्चा छ
आफैलाई डर पो लाग्न थाल्यो
मैले बोकेको झोला ले मलाइ पनि झोलेको उपमा पाउला कि भनी
झोला बोक्नु पर्छ
यो हाम्रो जिवनको अति आवस्यक चिज हो
बोक्नु र नबोक्नुमा केही फरक पार्दैन
तर कस्तो झोला बोक्ने अनि त्यसभित्र के के छ
त्यस्ले फरक पार्दछ यथार्थमा
हो म गर्व गर्छु मेरो झोला मा
चाहे दुनियाले जे सुकै भनुन जे सुकै उपमा दिउन
हो म झोले हु
किनकी मेरो झोला भित्र सबै छ
झोला भित्र सबै छ
यसभित्र मेरो स्वाभिमान छ
बिस्वास छ
ईमान छ
मेरो पौरष छ, आफ्नै मेहेनत छ
छैन मेरो झोलामा
त्तिम्रो जस्तो त्वं शरणम
छैन अरिंङ्गाले गोला
देशको बजेत फुताल्ने हम्बर
अर्थमन्त्रालयको सिसि क्यामेराको तार कात्ने मुसा
मेरो झोला भित्र केही छैन हजुर
केहि छैन त्यसभित्र
भ्रष्टाचार को दुर्गन्ध छैन
ठाउँ न कुठाँउ सहि ठोक्ने
राष्ट्रघाटी कलम छैन
अनि
संविधान मिच्ने अहंकार छैन
केहि छैन त्यहाँ
युवा नेताको आदम्बरी भाषन किताब छैन
चाप्लुसी छेपारे अनुहारहरु छैन
अनि हत्यारलाइ कसुर मिनाह गर्ने बिधान छैन
पहिला पहिला धम्की दिन्थ्यो जनतालाइ
अब धम्किले नपुगेर बोल्यो कि पोल्यो
पोल्यो कि जल्यो
जल्यो कि ठोक्यो
त्य्स्तो घमण्डि आदेश छैन
के छैन सबठोक छ मेरो झोलामा
सबै भयरै पनि आज मेरो झोला
रित्तो रित्तो छ हजुर
बिद्वानहरुको बुद्धि मरिरहेकोको बेला
देश रोइरहेको बेला
तरेली साहित्य प्रतिष्ठानको आजको १३३ औ तरेली श्रृङखलाकाे सातौ साधारण सभामा प्रस्तुति गरिएकाे कविता

















