पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार

13

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार गरेको छ । सर्वोच्चले लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्चको यो आदेशपछि लेखक रिहा हुने छैनन् । कार्की आयोगको प्रतिवेदनको आधारमा प्रहरीले थप अनुसन्धानका लागि भन्दै गत शनिबार बिहान लेखकलाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट दायर रिटमा पनि सुनुवाइ भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here