काठमाडाैं । सरकारले पेट्रोलिम आपूर्तिमा असहजता उत्पन्न भएको भन्दै सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले भोलिदेखि नै लागु हुने गरी सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने– पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेबाट लागु हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय ९ देखि ५ बजे कायम गर्ने ।’
योसँगै अब सबै कार्यालय बिहान ९ बजे खुल्ने छन् भने अपरान्ह ५ बजे बन्द हुने छन् ।


















