काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१७ डेभिड फल्सस्थित सोही महानगरपालिका-७ रत्नचोक बस्ने ५८ वर्षीय शिव प्रसाद श्रेष्ठको कपडा पसलमा गए राति आगालगी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
सर्लाही, गौडैता नगरपालिका-४ मोदियाही टोल बस्ने ४० वर्षीय राजु मण्डलको गोठमा बुधबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भोजपुर, रामप्रसादराई गाउँपालिका-२ कटुन्जे बस्ने रत्न कुमार राईको घरमा विद्युत सर्ट भई बुधबार साँझ आगलागी हुँदा करिब ४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काभ्रे, बनेपा नगरपालिका-१३ सुन्दवस्ती बस्ने ६५ वर्षीया सपना माया नगरकोटीको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















