सवारी दुर्घटनामा तीन जनाको मृत्यु

3

काठमाडौं । चितवन, माडी नगरपालिका-८ बेलौती डाँडास्थित सडकमा प्रदेश २-०३-००१ त ७३०७ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा चालक माडी नगरपालिका-८ बस्ने ३६ वर्षीय पुर्ण बहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको   छ ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-८ पारीफाँटास्थित सडकमा म.२ प ५०५५ नम्बरको मोटरसाइकल र से. ६ प ५९१३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा से.६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका-८ पारीफाटा बस्ने ४५ वर्षीय मिन बहादुर जागरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र म.२ प ५०५५ नम्बरको मोटरसाइकल चालकको मायामेट्रो अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ ।

गोरखा, गोरखा नगरपालिका-८ बराहस्थित सडकमा ग.१ ख ७४४३ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने आरूघाट गाउँपालिका-१ मान्बु घर भएका जस्मि गुरूङको छोरा ३ वर्षीय युहान्ना गुरूङको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here