काठमाडौं । विश्वभरका फुटबल प्रेमीहरूकाे नजर फिफा विश्वकप २०२६ मा ध्यान केन्द्रित भइरहँदा नेपाली फुटबलप्रेमीहरूकाे निम्ति एन्फा निलम्बनकाे सूचना प्रकाशित भएकाे छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मा तेश्राे पक्षकाे हस्तक्षेप भएकाे भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना निलम्बन गरिएकाे हाे ।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको जनाएको छ। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ।
फिफा विधानको धारा १३ अन्तर्गतका सदस्यता सुविधाहरू पनि तत्काल प्रभावबाट निलम्बित भएका छन्। फिफाका अनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।
फिफाले एन्फामाथिको निलम्बन अर्को निर्णय नभएसम्म लागू रहने स्पष्ट गरेको छ।


















