क्यासिनो सांग्रिलाका पूर्व कर्मचारीले क्षतिपूर्तिसहित पुर्नबहालीको माग

149

काठमाडौ – क्यासिनो सांग्रिलाका पूर्व कर्मचारीहरुले क्षतिपूर्तिसहित पुर्नबहालीको माग गरेका छन ।
शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले मलेसियाको स्टार मेनेजमेन्टले पुन क्यासिनो सञ्चालन गर्दा पुरानै कर्मचारीहरुलाई नियूक्त गर्ने सर्तमा क्षतिपूर्तिको ब्यवस्था गरेर रकम दिएपनि ट्रेड यूनियनका अध्यक्षहरु दिनेश घिमिरे, सुन्दर कडेल, रामकृष्ण श्रेष्ठ र दिनेश बड्तौलाले खाएर आफूहरुको विचल्ली बनाएको गुनासो गरे ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक अरविन्द झाले चारजना ट्रेड यूनियनका नेताहरुले अहिलेको क्यासिनो सञ्चालन गर्दा आफूलाई थाहाँ नै नदिई सम्झौत गरेर आफूहरुको रोजगारी खोस्ने काम गरेको भन्दै पूर्व सहमति अनुसार आफूहरुलाई पुर्नबहाली नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

सभासद विनोद श्रेष्ठले श्रमिकहरुलाई षडयन्त्रपूर्वक अन्यायमा पारिएकोले उनीहरुको न्यायकोलागि आफू लड्ने प्रतिबद्धता ब्यक्तगर्दै पुरानै सम्झौता अनुसार कर्मचारीहरुको पुर्नबहाली गर्नु पर्ने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here