भारतीय हस्तक्षेप विरुद्धको हस्ताक्षर प्रधानमन्त्रीलाई पठाइयो

136

गुल्मी, १८ असोज– गुल्मीका विद्यार्थी संगठनहरुले भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीका विरुद्ध सङ्कलन गरेको हस्ताक्षर प्रधानमन्त्रीको कार्यलयमा पठाएका छन् । विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र व्यवस्थापिका–संसद्का सभामुखलाई संकलन गरिएको हस्ताक्षर पठाएका हुन् ।

नाकाबन्दीले आम नेपालीको दैनिकी कष्टकर बन्दै गएको भन्दै तुरुन्त नाकाबन्दी खुलाउन विद्यार्थी सङ्गठनले विरोधस्वरुप हस्ताक्षर सङ्कलन गरेको र सङ्कलित हस्ताक्षर प्रजिअमार्फत प्रधानमन्त्री कार्यालय र सभामुखलाई पठाएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here