राष्ट्रिय स्वाधीनताको रक्षा ओलीको पहिलो प्राथमिकतामा पर्नुपर्छ

147

सिमांकनका विषयमा तराईमा चलिरहेको आन्दोलनका क्रममा तराईलाई टुक्र्याउनेसम्मका चेतावनी, संविधान निर्माणका बेला चर्काे दबाब, संविधान जारी भइसकेपछि प्रमुख दलहरूलाई फुटाउने देखि विशेष दूत मार्फत मुख्य दलका शीर्ष नेताहरूलाई धम्क्याउने तथा अघोषित नाकाबन्दी, एउटा स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न र स्वाभिमान मुलुकमा छिमेकी मुलुकले गर्ने यस भन्दा निकृष्ट व्यवहार के हुन सक्छ ? सन १९४७ देखि भारतको यस्तो प्रवृत्ति र व्यवहार देख्दै र भोग्दै आएका नेपाली जनताले यस पटक पनि पुन: पुरानै अवस्था देख्न र भोग्न बाध्य भए । विगतमा भारतको यस्तो प्रवृत्तिप्रति झुक्दै भारतसाग राष्ट्रघाती सम्झौता गर्ने नेपाली नेतृत्वका कारण नेपालको स्वाभिमान कमजोर हुादै आएको थियो भने नेपाली जनताले समेत आफ्नो स्वतन्त्र मुलुकप्रतिको हस्तक्षेपलाई टुलुटुलु हेर्नुबाहेक कुनै विकल्प थिएन । तर यसपटक परिस्थिति केही फरक भइदियो । दुई बाम नेता झापा आन्दोलनका नायक केपी ओली र माओवादी जनयुद्धका नायक पुष्पकमल दाहाल प्रचण्ड लगायत केही राष्ट्रवादी दल र जनताको अडानका कारण भारतको अभिलाषा पुरा हुन पाएन । जसले गर्दा नेपाली जनताले आफ्नै प्रतिनिधिले तयार पारेको नयाा संविधान पाए भने मुलुकले एउटा चरण पार गरेको छ । संविधानमा तमाम कमीकमजोरीहरू हुादा हुादै पनि देशलाई अनिर्णयको बन्दीको अवस्थाबाट मुक्त गराउन सकिएकोमा नै चित्त बुझाउनुपर्ने भएको छ ।
आफ्नो अडानमा अडिग रहादै भारतीय हस्तक्षेपलाई चुनौती दिने तीनै केपी ओली अस्ति आईतबार भारतको व्यापक चलखेलकाबीच पनि राष्ट्रवादी शक्तिहरूको समर्थनमा प्रधानमन्त्रीको पदमा निर्वाचित भएका छन् । संविधान निर्माण पछिको पहिलो प्रधानमन्त्री बनेका ओलीसामु छिमेकी मुलुकको तीव्र हस्तक्षेप, मुलुक भित्रैकै विभिन्न समुदाय र क्षेत्रको असन्तुष्टि तथा लामो समयदेखि अस्थिर रहेको मुलुकलाई निकाश दिादै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनु पर्ने केही चुनाौती रहेका छन् । यो सागै वामहरू अरु भन्दा राष्ट्रवादी हुन्छन्, र मुलुकप्रति बफादार हुन्छन् भन्ने मान्यतालाई कायम राख्दै मुलुकलाई निकाश दिएर आफ्नो क्षेमता देखाउने अवसर पनि उनीसाग छ ।
नवनिर्वाचित प्रधानमन्त्री ओली बिगतमा महाकाली सन्धि गर्ने प्रमुख पात्रका रूपमा पनि आलोचित भएका हुन्, साथै वर्तमान परिवर्तन सहजै स्वीकार गर्न नसकेको आरोप पनि उनी माथि लाग्ने गरेको छ । तर उनले प्रधानमन्त्रीको पद सम्हाल्दै गर्दा उनीमाथि विगतमा लागेका आरोपलाई बिर्सेर सम्पूर्ण नेपाली जनताले उनलाई राजनेता मानेका छन् । साथै ओलीले संविधान निर्माणमा खेलेको भूमिका र भारतीय हस्तक्षेपका विरुद्ध लिएको अडानले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा विगतमा जस्तो सत्ताको खेल भन्दा पनि नेपालको जीतका रूपमा ओलीको पदवहालीलाई नेपाली जनताले स्वागत र जय /जयकार गरेका छन् । यस्तो संयोग विगतका प्रधानमन्त्रीहरूले विरलै पाउने गरेका थिए । यसो गर्नुका पछाडी मुख्य कारण मुलुकलाई एउटा चरणबाट निकाश दिनु र राष्ट्रियताको विषयमा चट्टानी अडान लिनु नै थियो । ओली आफैले पनि मुलुकको नेतृत्व सम्हालेपछि राष्ट्रियता र मुलुकको हितका लागि कुनै कसर बााकी नराख्ने प्रतिवद्धता जनाईसकेका छन्, यस्तो अवस्थामा उनले मुलुकको स्वाधीनता र स्वाभिमानलाई पहिलो प्राथमिकता दिनु पर्दछ । साथै उनले छिमेकी मुलुकसाग मैत्रिपूर्ण र समान हैसियत कायम गराईराख्न सक्नुपर्छ । यससागै जनतन्त्र, जनजीववका, असन्तुष्टहरूका माग सम्बोधन र हालै भूकम्पले ध्वस्त भएका भौतिक संरचनाहरूको पुननिर्माणसागै समग्र मुलुकलाई समृद्धि तर्फ अघि बढाउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । ओलीले आफू प्रधानमन्त्री बन्दै गरेको परिस्थिति र मुलुकका जनताको राष्ट्रियताप्रतिको चाहनालाई पुरा गर्न नसकेमा एउटा नयाा फोटो सिंहदरबारमा झुण्ड्याउने भन्दा उनको अर्काे उपलब्धि केही हुने छैन । र जनताप्रतिको उनको विश्वास पनि टुट्ने छ । त्यसैले नव निर्वाचित प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतालाई पहिलो प्राथमिकतामा राख्दै जनताको भरोसालाई कमजोर हुन दिनु हुादैन । यो नै उनी र समग्र मुुलुकको पक्षमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here