चौधरीको १६ औं श्रृङखला जापानमा

114

काठमाडौं– नेपाली भाषा र साहित्यलाई विश्वमााझ पुर्‍याउने उद्देश्यले थालिएको कवि/गीतकार बसन्त चौधरीको एकल विश्व काव्य यात्राको १६औं श्रृङ्खला जापानको टोकियोमा गत आइतबार सम्पन्न भएको छ । यस अघि बेलायत, अमेरिका, दुबई, भारत, नेपाल, हङकङ र सिंगापुरका विभिन्न शहरहरूमा कवि चौधरीले आफ्नो विश्व काव्य यात्राका विविध चरणहरू पार गरिसकेका छन् । नेपाली राजदूतावास, जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरको आयोजनामा भएको उक्त काव्य यात्रामा जापानमा रहेका प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
जापानका लागि नेपाली राजदूत मदन भट्टराईले स्वागत अभिवादन गरेको कार्यक्रमको सुरुवातमा कवि चौधरीको काव्यात्मक र साहित्यिक व्यक्तित्व झल्किने परिचयात्मक वृत्तचित्र पनि देखाइएको थियो । कवि चौधरीले दर्शक–श्रोताहरूसाग अन्तक्र्रियात्मक शैलीमा कुरा गर्दै रोचकरूपमा एक दर्जनभन्दा बढी कविताहरू वाचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here