आजबाट आन्तरिक उडान प्रभावित हुने

405

काठमाडौँ, ४ मङ्सिर । नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने जनाएपछि आजबाट आन्तरिक उडान प्रभावित हुने भएका छन् ।

नेपाल वायु सेवा निगमले इन्धन आयात गर्न नसकेपछि आजदेखि आन्तरिक उडान प्रभावित हुने भएका हुन । हवाई मार्गबाट भारतको कोलकत्ताबाट हवाई इन्धन ल्याइरहेको निगमले पर्याप्त इन्धन ढुवानी नगरेपछि आन्तरिक उडान प्रभावित हुने भएका हुन ।
निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौज्दात सकिएका कारण आन्तरिक उडान प्रभावित हुने भएको निगमले जनाएको छ ।

आन्तरिक उडानका लागि दैनिक एक लाख पचास हजार लिटर इन्धन आवश्यक पर्ने भएपनि विहिबार इन्धन आयात हुन नसकेकाले समस्या आएको वायुसेवा निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here