एनसीसी बैंकको नाफा वृद्धि

129

काठमाडौं/ नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको चालू वर्षको त्रैमासिक अवधिमा मुनाफामा वृद्धि भएको छ । बैंकले गत साउनदेखि असोज मसान्तसम्मको त्रैमासिक अवधिमा १२ करोड ७१ लाख रूपैयाा मुनाफा आर्जन गरेको छ ।
गतवर्षको सोही अवधिमा बैंकको नाफा १० करोड दुई लाख रूपैयाा रहेको थियो । यो त्रैमासिक अवधिमा बैंकको खराब कर्जामा सुधार भई १ दशमलव ८१ रहेको छ । बैंकमा २५ अर्ब ६२ करोड कर्जा लगानी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here