सामसुङ मोबाइल किन्दा मनितालाई ४० लाखको कार

254

काठमाडौं/ काठमाडौंको थानकोट निवासी मनिता महर्जनले सामसुङ मोबाइल किन्दा ४० लाख रूपैयाा पर्ने हुण्डाई क्रेटा कार जितेकी छिन् ।
गत बिहीबार थापाथलीमा आयोजित कार्यक्रममा मनिताले सो कार पाएकी हुन् । योजना अवधिमा सामसुङ मोबाइल खरिद गरेका सबै ग्राहकहरूमध्ये लक्की ड्र का आधारमा मंसिर ७ मा भाग्यशाली विजेता घोषणा गरेको थियो । असोज ४ देखि कात्तिक २९ गतेसम्म लागू गरिएको यो योजनाअन्तर्गत हरेक दिन तीन जनाले ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जूम, ग्यालेक्सी एस सिक्स मोबाइल, हरेक दिन एक जनाले ग्यालेक्सी टयाब टि ७०५, हरेक १५ दिनमा एक जनाले बजाज पल्सर २०० आरएस जितेका थिए । योजनाको अन्तिममा ग्राण्ड प्राइजमा क्रेटा कार प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here