जनकपुरमा राष्ट्रपति भण्डारीप्रति गरिएको व्यवहारको भत्सना

158

काठमाडौँ, ५ पुस । विवाह पञ्चमीमा सहभागि हुन जनकपुर पुगेकी राष्ट्रपति विद्या भण्डारीप्रति मधेशवादी दलका कार्यकर्ताबाट गरिएको दुव्र्यवहारको पुष्पलाल स्मृति प्रतिष्ठानले भत्सना गरेको छ । राष्ट्रपतिमाथि भएको व्यवहार र प्रयोग गरिएका आपत्तिजनक शब्दले मधेसी मोर्चाका नेता र कार्यकर्तामा रहेको सामन्ती चरित्रलाई उदाङ्गो पारेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा नेकपा ९एमाले०का नेता माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको साधारणसभाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति गरिएको यस्तो असभ्य, अलोकतान्त्रिक र अस्वीकार्य व्यवहारले सिंगो महिला समुदायको घोर अपमान गरेको ठहर गर्दै घटनाप्रति मधेसी मोर्चाले मौनता साधेकामा आश्चर्य मान्दै घटनाको भत्र्सना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here