माओ विचारबारे मोहनविक्रमको धारणा

391

काठमाडौं/ नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले माओत्सेतुङ विचारधारा अध्ययनको मात्र विषय नभई प्रयोगको सिद्धान्त भएको दाबी गर्नुभएको छ ।
विश्वको क्रान्तिकारी आन्दोलनमा माओ विचारधाराको ठूलो महत्व छ । माओ जयन्ती अन्य दिवस जस्तो होइन भन्दै सिंहले विश्व सर्वहारा वर्गका महान् नेता माओत्सेतुङको १२३औा जन्म दिवसका अवसरमा यही पुस ११ गतेका दिन काठमाडौंको बागबजारमा आयोजित एक कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो कुरा दाबी गर्नुभएको हो । रुसमा समाजवाद ढलेको अवस्थामा समाजवाद र माक्र्सवाद–लेनिवादको रक्षा गर्ने महत्वपूर्ण काम चिनियाा कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङबाट भएको स्मरण गर्दै सिंहले संशोधनवादका विरुद्ध निरन्तर संघर्ष नगरीकन क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन नसकिने दाबी पनि गर्नुभयो । माओले पनि चीनको पार्टीमा विभिन्न समयमा उठेका भड्कावका विरुद्धमा संघर्ष गर्नुपरेको जनाउादै उहााले भन्नुभयो, ‘हाम्रो इतिहास पनि लगातार दुई लाइनको संघर्षको इतिहास हो । लगातार देशको राष्ट्रियताका लागि संघर्ष, राष्ट्रि अखण्डताका लागि संघर्ष माओ विचारधारको महत्वपूर्ण पक्ष हो ।’
उहााले नेपालमा पनि कम्युनिष्ट पार्टीहरूले निरन्तर रूपमा राष्ट्रिय सवालमा आफ्नो अडान कायम राखेकोले नेपालको अखण्डता र राष्ट्रियता सुरक्षित रहन सकेको जिकिर गर्नुभयो । भारतीय नाकाबन्दीका कारण देशमा आज कठिन परिस्थिति सिर्जना भएको भनाइ उहााले राष्ट्रिय स्वाधीनताका लागि वामपन्थीहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here