नेपाली काँग्रेसका सभापति कोइरालाको निधन

216

काठमाडौँ, २६ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको सोमबार राती निधन भएको छ ।

निमोनिया तथा फोक्सोको संक्रमणका कारण अस्वस्थ बनेका कोइरालाको आफ्नै निवास महाराजगन्जमा सोमबार राती १२ः५० मा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन् ।

नेपाली कांग्रेसको बाह्राँै महाधिवेशनबाट सभापतिमा निर्वाचित कोइराला संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेका थिए । कोइरालाकै नेतृत्वमा मुलुकले जनप्रतिनिधिको हातबाट पहिलो पटक संविधान जारी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here