आत्मनिर्भरको बाटोमा चलेको कलम प्रशंसनीय छ : शाक्य

313

स्वाभिमान नेपालको समीक्षा गर्दै व्यवसायी तथा नेपाल सुनचाादी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले पत्रिकाले मुलुकभित्रै आत्मनिर्भरताका लागि भइरहेका प्रयासहरूलाई उचित स्थान दिएर पत्रिकाले महत्वपूर्ण काम गरेको जनाउनु भएको छ । उहााले मुलुकको सुरक्षाको जिम्मा पाएको नेपाली सेनाको भूमिका, सफल व्यवसायीका प्रेरणादायी कथा तथा अन्य समसामयिक विषयमा पत्रिकाले महत्वपूर्ण सामग्री प्रस्तुत गरेको भन्दै यसले आम मानिसहरूमा आशा जगाएको जनाउनु भयो । पत्रिकाले हरेक क्षेत्रमा निराशा मात्र होइन, सम्भावना र आशाका किरणहरू जगाएको भन्दै आगामी दिनमा पनि यस्तै सामग्रीको अपेक्षा गरेको जनाउनु भयो ।

 
स्वाभिमानी प्रकाशन प्रालिद्वारा आयोजना गरिएको उक्त कार्यक्रम प्रालिका प्रबन्धनिर्देशक राज्यलक्ष्मी शाक्यको सभापतित्व तथा पत्रिकाका प्रधानसम्पादक निमकान्त पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रिकाको पााचाौ अंकको विमोचन गरिएको थियो भने चारवटा अंकको समीक्षा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here