भारत र नेपालबीच सात सम्झौता

254

काठमाडौं/ प्रजातन्त्र दिवस अर्थात् फागुन ७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसाग सात बुादे सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । भारतसाग हालै देखिएको असमझदारी हटाउने योजना बनाएर भारत गएका प्रधानमन्त्रीले अन्तत: ७ बुादे सम्झौता गर्नुभएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच सम्झौतापत्र आदान प्रदान भएको हो ।
यद्यपि नेपाल–भारतबीच भएको सात बुादे सम्झौतामा पुरानै कुरा दोहोरिएको र नयाा कुरा केही नभएको विज्ञहरूले जनाएका छन् । नेपाल–भारतबीच भएको सम्झौताको पहिलो बुादामा मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइन सुचारु गर्ने, जसबाट ८० मेगावाट विद्युत् तत्काल नेपालमा आपूर्ति गर्ने उल्लेख गरिएको छ । सम्झौताअनुसार सन् २०१६ अक्टोबरसम्म २०० मेगाबाट विजुली ल्याइने भएको छ । त्यसैगरी सन् डिसेम्बर २०१७ सम्म यो प्रसारण लाइनबाट भारतले नेपाललाई ६०० मेगावाट बिजुली दिने भएको छ । अर्को सहमतिमा नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दिने भनिएको २५० मिलियन डलर आर्थिक सहयोग सांस्कृतिक सम्पदा पुनर्निर्माण, स्वास्थ्य संस्थाको पुनर्निर्माण, शैक्षिक पूर्वाधारको पुनर्निर्माण र भूकम्पपीडितका ५० हजार घर बनाउन खर्च गरिने भएको छ ।

 

सम्झौताअनुसार भूकम्पले धेरै क्षति पुगेर सरकारबाट अतिप्रभावित घोषित मध्यमाञ्चल र पश्चिमाञ्चलका १४ जिल्लामा ५० हजार घर बनाउन खर्चिने भएको छ । तेस्रो बुादामा नेपालको तराई क्षेत्रमा जारी हुलाकी सडक निर्माणका लागि पनि दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । त्यस्तै संगीत नाट्य एकेडमी स्थापना गरिने भएको छ ।
समझदारीपत्र अनुसार नेपालको कााकडभिट्टाबाट बंगलाबन्धसम्मको ट्रान्जिटबाट सिधा सवारी चल्न दिने भएको छ । नेपाल र भारतबीच भएको अर्को समझदारीमा भारतले नेपाललाई बंगलाबन्ध र विशाखापटनम बन्दरगाह प्रयोग गर्न पारवहन सुविधा दिने उल्लेख गरिएको छ । अन्तिम बुादामा दुई देशबीच प्रबुद्ध समूहको निर्माण गर्ने सहमतिमा पनि हस्ताक्षर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here