६ वर्षका बालकले गीत गाएर छक्कै पारे

327

काठमाडौं/ केवल ६ वर्षका बालक चिराग डंगोलले एक कार्यक्रममा संगीत क्षेत्रका वरिष्ठ व्यक्तित्वको माझमा उत्कृष्ट गीत गाएर सबैलाई छक्कै पारेका छन् । हेटौंडा–१० बाइपासरोडमा घर भएका चिरागले भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा आयोजित चौंथो भीम विराग स्मृति दिवस तथा नवौं बिजुली माया वन: श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार सम्मान समारोह–२०७२मा गीत गाएर चिरागले प्रशंसा बटुलेका हुन् ।
चिरागले उक्त कार्यक्रममा नेवारी र नेपाली गरी दुई गीत गाएका थिए । चिरागले नेवारी गीतमा राजामती कुमति जिकेवसा पिरती र गुराास फुल्यो डााडैमा गीत गाएका थिए । उक्त कार्यक्रममा नेपाली संगीत क्षेत्रकी हस्ती मीरा राणा र चेतन कार्कीका अगाडि उनले गीत गाएका हुन् । सानैमा संगीत क्षेत्रप्रतिको रुचि र उत्कृष्ट गीत गाएको भन्दै मीरा राणा र चेतन कार्कीले उनलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here