पार्टीबाट सांसद बनेको व्यक्ति न्यायाधीश हुन सक्दैन : देउवा

143

काठमाडौं, चैत २ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीबाट सांसद बनेको व्यक्ति न्यायाधीश हुन नहुने जनाएका छन् । कुनै पनि पार्टीबाट सांसद बनेको व्यक्ति आफ्नै पार्टीप्रति बफादार हुने हुनाले न्यायाधीश हुन नसक्ने जनाएका हुन् ।
मंगलबार बूढानीलकण्ठस्थित निवासमा नेपाल प्रेस युनियनको टोलीसागको भेटमा कांग्रेस सभापति देउवाले हाल सर्वोच्च अदालतको न्यायाधीशमा सपना मल्ल प्रधानको नाम सिफारिस गरिएकामा आपत्ति जनाउादै सो कुरा व्यक्त गरेका हुन् । उनले भने, ‘पार्टीप्रति बफादार व्यक्तिलाई न्यायाधीश नियुक्त गरेर निष्पक्ष न्यायको कल्पना गर्न सकिादैन ।’ सभापति देउवाले प्रधानको योग्यतामा कुनै शंका नभए पनि पार्टीबाट सांसद भएकाले भोलि अरु सांसदले पनि न्यायाधीश बन्न चाहने खतरा रहेको आौल्याए ।
न्यायपरिषद्ले फागुन १९ गते सर्वोच्च अदालतमा एमालेबाट सांसद् भइसकेकी प्रधानसहित ११ जनालाई न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here