भुवनले दिए ‘ड्रिम्स’को सक्सेस पार्टी

476

काठमाडौं/ नेपाली चलचित्रका सदाबहार नायक भुवन केसीले निर्माण तथा डेब्यु निर्देशित चलचित्र ‘ड्रिम्स’को सक्सेस पार्टी आयोजना गरिएको छ । व्यावसायिक रूपमा नै चलचित्र सफल भएको जनाउादै सो पार्टी गरिएको थियो ।
फागुन २१ गते प्रदर्शनमा आएको उक्त चलचित्रले ६ करोडको व्यापार गरेको यसका वितरकहरूले दाबी गरेका गरेका छन् । चलचित्रका वितरक गोविन्द शाहीले काठमाडौंमा शनिबारसम्म ४ करोडको व्यापार भएको र बाहिर २ करोडको व्यापार भएको दाबी वितरक मनोज राठीले गरेका छन् ।

 

कार्यक्रममा चलचित्रका वितरक, निर्माता र कलाकार सहभागी थिए । चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक अनमोल केसी तथा भुवन केसीको उपस्थिति रहेको थियो । नायक अनमोल केसीले चलचित्र सफल बनाउन सहयोग गरेको भन्दै सबैसाग हात मिलाएका थिए । करिब १ करोडको बजेटमा तयार भएको भनिएको यो चलचित्रले आजसम्म निर्माताको लगानी फिर्ता गरेर करोड माथि नाफा दिइसकेको छ । यस फिल्मको सफलतासागै नायक अनमोल केसीका लगाता तीन फिल्म व्यावसायिक रूपमा नै सफल दरिएका छन् । उनको यसअघिका ‘होस्टल’ तथा ‘जेरी’ चलचित्र पनि दर्शकहरूको रोजाइमा पर्न सफल भएको थियो । ‘ड्रिम्स’को सफलतासागै नायक अनमोल केसीको पनि स्टारडम अझ बढेको छ । उनले फिल्मको प्रदर्शनताका निजी बडीगार्ड र सुरक्षाकर्मीसहित विभिन्न हलमा पुगेर दर्शकसाग भेटघाट गरेका थिए । उक्त अवसरमा पनि दर्शकमा केसीको क्रेज देख्न सकिन्थ्यो । पछिल्लो समय दर्शकहरूको नेपाली कलाकारप्रतिको माया बढ्दै गएको ‘ड्रिम्स’को सफलताले पुष्टि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here