‘झुम्की’को फस्र्टलुक सार्वजनिक

463

काठमाडौं/ थारु समाजको कथावस्तु समेटिएको चलचित्र ‘झुम्की’ को फस्र्टलुक सार्वजनिक गरिएको छ । उक्त चलचित्रलाई अपिल बिष्ट फिल्मस् र सिनेमा आर्टसको ब्यानरले संयुक्त रूपमा निर्माण गरेको हो ।
चलचित्रका निर्देशक हुन् अपिल बिष्ट । चलचित्रको प्रमुख भूमिकामा ‘कबड्डी’ नायिका रीश्मा गुरुङ देखिएकी छिन् । उनको साथमा दयाहाङ राई, मलिना जोशी, भोलाराज सापकोटालगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई भदौको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको निर्देशक बिष्टले जनाए । चलचित्रमा रामबाबु गुरुङको लेखन, शैलेन्द्रध्वज कार्कीको छायांकन छ ।
निर्देशक बिष्टले चलचित्रमा तराईको कथा उठान गरिएको र थरुनी केटी र प्रहरीबीच हुने प्रेमको कथालाई प्रस्तुत गरिएको जनाए । नेपालीपन बोकेको, नेपाली समाजकै कथामा चलचित्र निर्माण गरेको बिष्टले
जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here