अख्तियारमा सचिवहरुलाई बोलाएर उर्दी

128

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पछिल्लो समय ट्रेड युनियनका आवरणमा कर्मचारी संयन्त्रलगायत मुलुकको सबै क्षेत्रमा अराजकता जन्मिएको उल्लेख गर्नुहुादै ट्रेड युनियनका नाममा कार्यालयको जिम्मेवारी बहन नगर्ने र उद्दण्डता सृजना गर्ने प्रवृत्तिमाथि कानुनी अंकुश लगाउने चेतावनी दिनुभएको छ । सरकारका मुख्यसचिव लगायतसाग अन्तक्र्रिया कार्यक्रममा बोल्दै कार्कीले असल नियत र निष्ठापूर्वक दायित्व निर्वाह गर्ने कर्मचारीले कहिले पनि अख्तियारसाग डराउनु नपर्ने तर अधिकारका नाममा राजनीति गर्नेलाई अख्तियारले नछोड्ने चेतावनी दिनुभएको छ । उहााले सो अवसरमा मुलुकमा विद्यमान राजनीतिक तरलता र संक्रमणको परिवेशमा राष्ट्रसेवक कर्मचारीहरूको निष्ठापूर्ण भूमिका राष्ट्रको विकास र उत्थानका निम्ति अर्थपूर्ण हुने धारणा समेत व्यक्त गर्नुभयो । साथै आयोगले आफ्नो कार्य गरिरहादा कार्यकारी भूमिकामा उत्रन खोजेको जस्तो थप आक्षेप समेत झेल्नुपरेको चर्चा गर्दै उहााले जनसरोकारसाग सम्बन्धित कतिपय नियुक्ति र निर्णयमा मापदण्ड निर्माण गर्न, एकरूपता अपनाउन र पारदर्शिता कायम राख्न आग्रह गर्नु के कार्यकारी भूमिकामा उत्रनु हो ? भन्ने प्रश्न गर्नुभयो ।
प्रमुख आयुक्त कार्कीले हाल राजनीति तथा अर्थतन्त्रमा नवसम्भ्रान्त वर्ग हावी हुादै गएको टिप्पणी गर्दै यो वर्गको जालो समयमै च्यात्न जरुरी भएका विचार व्यक्त गर्नुभयो । नवसम्भ्रान्त वर्गले सिंगो मुलुक आफ्नो ठेकेदारीमा सञ्चालन गरिरहेकोले यसलाई निर्मूल गर्न नसके मुलुक ठूलो दुर्घटनामा फस्न सक्ने खतरा प्रमुख आयुक्त लोकमानसिंह कार्कीले औाल्याउनु भएको समाचार सार्वजनिक भएपछि अख्तियार थप आक्रम बन्ने आशंका सर्वत्र गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here