आाखाले पनि नदेख्ने रेल बनाइने

146

हामी आफ्नै आाखाले नदेखेसम्म कुनै कुराको हत्तपत्त विश्वास गर्दैनौ । कि विश्वास गर्नलाई बलियो प्रमाण हुनुपर्छ आाखाले नदेखे पनि । तर जापानले यस्तो रेलको निर्माण गर्दै छ, जुन रेल आाखाले देख्न सकिादैन अर्थात् उक्त रेल अदृश्य हुन्छ ।
प्रविधिको क्षेत्रमा विश्वमा सबैभन्दा अगाडि रहेको देश जापानले अब रेल यातायातमा अविश्वसनीय प्रविधिको विकास गर्दै छ । जापानले बनाएका त्यस्ता रेलहरू हामीले आाखाले देख्न सक्नेछैनौा । टेलिग्राफ पत्रिकाका अनुसार सन् २०१८ बाटै यस्ता अदृश्य रेल संचालनमा ल्याउने जापानको योजना छ । यो अदृश्य रेलको डिजाइन विश्वचर्चित जापानी डिजाइनर काजुयो सेजिमाले गरेकी हुन् । अद्भूत पारदर्शी हुने यो रेल शिशाबाट बनेको हुनेछ । शिशाबाट बनेको पारदर्शी रेल भएकै कारण जब यो दौडिनेछ तब मानिसको आाखाले यसलाई देख्न कठिन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here