प्रधानमन्त्रीका प्रतिबद्धता कार्यान्वयन गर

161

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय प्रशंसा र आलोचनाका कारण चर्चामा छन् । कारण हो उनले विभिन्न सार्वजनिक कार्यक्रममा मुलुकको विकासका बारेमा सार्वजनिक गर्ने महत्वाकांक्षी योजना र प्रतिबद्धता । ओली प्रधानमन्त्री भएपछि भारतको नेपाल मामिलाको अनावश्यक चासोलाई बेवास्ता गरेको र राष्ट्रियताका विषयमा अडानका लिएको भन्दै अधिकांश मानिसको मनमा सकारात्मक छाप बनाउन सफल भएका छन् । तथापि उनले प्रधानमन्त्रीका रूपमा सार्वजनिक स्थानबाट सार्वजनिक गर्ने विकास र समृद्धिका महत्वाकांक्षी योजनाका कारण समर्थनसागै आलोचनाका पात्र समेत बनिरहेका छन् । प्रधानमन्त्री ओलीले पाइपलाइनबाट घरघरमा ग्यास पुर्‍याउने, हावाबाट विद्युत् उत्पादन गर्ने, एक वर्षभित्रमा लोडसेडिङ मुक्त गर्ने, काठमाडौंमा रेल सञ्चालन गर्ने, नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनदेखि नेपालमै पेट्रोल उत्पादनलगायतका महत्वाकांक्षी योजना सार्वजनिक भएपछि उनले सार्वजनिक गरेका योजनाको समर्थन र विरोधमा व्यापक बहस सुरु भएको छ ।

 
ओली मुलुकको कार्यकारी प्रमुख हुन् । उनले बोलेका कुराहरू व्यावहारिकतामा आधारित हुनुपर्छ । यदि उनले बोलेका कुराहरू व्यावहारिक हुादाहुादै र सम्भव हुादाहुादै पनि विरोध मात्र गरिन्छ भने त्यसले नेपाललाई परम्परागत अवस्थाबाट माथि उठ्न दिादैन । त्यसैले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका महत्वाकांक्षी योजनाहरू कति सम्भव छन्, त्यसको मूल्यांकन गरी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नु नै सबैभन्दा उपयुक्त हुन्छ । जस्तो प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका केही योजनाहरूको चर्चा गराौ । प्रधानमन्त्री ओलीले घरघरमा पाइपलाइनबाट ग्यास लैजाने भनेको कुरा उपत्यकामा रहेको भूमिगत मिथेन ग्यासको प्रयोगको प्रसंगमा आएको हो । भारतीय नाकाबन्दीका कारण जनताले ग्यास अभाव भोगिरहेका बेला उनले विकल्पको कुरा गरेका हुन्, जुन यसअघि नै उत्खनन पनि भइसकेको छ । त्यसलाई कार्यान्वयनमा लैजान सकिने विषयमा विज्ञहरूले हरियो झण्डासमेत देखाइसकेका छन् र सरकारले यसका लागि काम सुरु पनि गरिसकेको छ । त्यसैले यसलाई हावादारी भन्न मिल्दैन । बरु जति सक्दो कार्यान्वयनका लागि दबाब भने सिर्जना गर्नुपर्छ । त्यस्तै हावाबाट विद्युत् उत्पादन गर्ने प्रविधि विश्वका कैयाौ मुलुकहरूले प्रयोगमा ल्याएका छन् । लोडसेडिङको अन्त्यको विषय पनि नेपालमा कतिपय ठूला जलविद्युत् योजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । त्यस्तै, सरकारले विद्युत् कम खपतका लागि उपत्यकामा घर बनाउादा अनिवार्य सौर्यशक्ति जडानका लागि नीति बनाउनु र अन्य स्थानहरूमा पनि सौर्य तथा बायो ऊर्जाको योजना ल्याउनु भनेको विद्युत्को कम खपत र बन्न लागेका योजनालाई पूरा गराएर आवश्यक विद्युत् माग पूरा गर्नु हो, जुन सम्भव नै छ । काठमाडौंमा रेल सञ्चालन, ध्वजाबाहक पानीजहाज सञ्चालन र पेट्रोल उत्पादनलगायतका विषय पनि असम्भव होइनन् । त्यसमाथि कार्यकारी प्रमुखले गर्ने भनेको योजना सार्वजनिक गर्ने हो, त्यसलाई कार्यान्वयनमा लैजाने जिम्मा कर्मचारीतन्त्रको हो । त्यसैले यस्ता विषयमा पनि टीकाटिप्पणी मात्र गर्नुभन्दा कार्यान्वयन कसरी हुनसक्छ, त्यसको सम्भावनाका बारेमा खोजी र दबाब दिनु नै उपयुक्त हुन्छ ।

 
नेपालीहरूले विकास र समृद्धिका लागि भन्दै झण्डै सात दशकदेखि विभिन्न किसिमका आन्दोलन तथा दबाबहरू सिर्जना गर्दै आइरहेका छन् । यो अवधिमा उनीहरूले कैयाौ आफ्ना प्रतिनिधिहरूलाई मुलुकको विकासका लागि चाबी हस्तान्तरण समेत गरिसकेका छन् । तर आजसम्म आइपुग्दा जनतासाग गरिएका प्रतिबद्धताअनुसार काम गर्ने हिम्मत कसैले गर्न सकेनन् । त्यसमा ओली अपवाद बन्दै मुलुकको विकासका लागि प्रयास गर्दा उनलाई उखान टुक्केको आरोप लगाइादै आएको छ । यदि ओलीले मुलुकको विकासका लागि केही नयाा गर्न खोज्छन् भने हामीले उनलाई किन सहयोग नगर्ने ? उनले सार्वजनिक गरेका विषयको कार्यान्वयनमा दबाब दिनुको सट्टा हामी किन आलोचनामा समय खर्चिने ? यसले मुलुकको विकासका बाधक भनेका राजनीतिक दलहरूमात्र नभएर जनता पनि हुन् कि भन्ने महसुस भइरहेको छ ।
मुलुक निर्माण र समृद्धिका लागि कसै न कसैले सपना देख्नैपर्छ । जुन अहिले प्रधानमन्त्री ओलीले देखिरहेका छन् । उनले सार्वजनिक गरेका योजना असम्भव पनि देखिादैनन् । बरु ती सपना पूरा हुन नदिन हामीहरू नै यो वा त्यो तहबाट सक्रिय भइरहेको हाम्रा गतिविधिले नै देखाइरहेको छ । यदि हामी सााच्चीकै मुलुको समृद्धि र विकासका पक्षमा छौा भने आलोचना होइन, महत्वपूर्ण योजना कार्यान्वयनमा दबाब सिर्जना गराौ । सरकारले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयन नभएमा आलोचना र विरोधका लागि हामीसाग जति पनि समय छ । त्यसैले बाादर प्रवृत्तिलाई त्यागेर दबाब सिर्जनातर्फ लागाौ । साथै सरकारले पनि सस्ता र लोकप्रिय कार्यक्रमहरू सार्वजनिक गर्ने मात्र होइन, त्यसका लागि योजनाबद्ध ढंगले कार्यान्वयनको पाटोलाई पनि अघि बढाउने र आलोचना गर्नेहरूलाई सम्भव बनाएर देखाउन आवश्यक छ । अन्यथा महत्वाकांक्षी योजना घोषणा गर्ने र त्यसलाई उडाउनेहरूको भीडमा नेपाल पहिलेकै अवस्थामा रहिरहने र लामो समयदेखिको नेपाली जनताको विकास र समृद्धिको सपना अधूरै रहने सम्भावना बढेर जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here