काठमाडौं/ अहिले नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको यो सरकारले राष्ट्रवादी भावनालाई आत्मसात् गरेर नेपालको दीर्घकालीन हित हुने किसिमका योजनाहरू अघि सार्दा धेरैको निद्रा हराम भएको छ ।
त्यसकारण यस सरकारलाई गिराउने खेलमा छिमेकी देश भारतले कसरत गरिरहेको र त्यसको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अघि सारे पनि उनी सफल नहुादा अहिले अर्को चाल चल्न सुरु गरिएको छ । बाहिरबाट परिचालन गरिएकाहरूबाट ओली नेतृत्वको सरकारलाई ढाल्न असम्भव जस्तो देखिएपछि अहिले भारतले एमालेमै झगडा र विवादको बीउ रोप्न केही नेतालाई प्रयोग गर्न थालेको देखिएको छ । यसको लागि भारतले कांग्ेरस, मधेसी मोर्चा र एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रयोग गरिरहेको रहस्य खुलेको छ । स्रोतका अनुसार एमाले नेता माधव कुमारलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर ओली नेतृत्वको सरकार गिराउने खेल सुरु भएको हो । त्यसैकारणले अहिले एमालेमा नेता नेपालको छुट्टै कार्यकर्ता भेला, सरकारविरुद्ध अभिव्यक्ति र जिल्लाहरूमा गुट विवाद निम्त्याउने खेलहरू सुरु भएको स्रोतले जनाएको छ ।

















