माओवादी एकताको सार्थकता

168

निमकान्त पाण्डे

 
दशवर्षे जनयुद्धका सहयात्रीहरु एकीकृत हुनेक्रम सुरु भएको छ । यो एकीकरण अभियानले जनयुद्धमा सहभागी नभएका शुभेच्छुकहरुलाई पनि आकर्षित गराइरहेको छ । विभाजित माओवादी शक्तिको एकीकरण अभियानले तीव्रता लिनथालेपछि माओवादी विरोधीहरु आत्तिन थालेका छन् । माओवादीको एकीकरणले विरोधीहरुमा चिन्ता थपिएको छ भने शुभेच्छुकहरुमा खुशीयालीप नि देखिएको छ ।

 
माओवादीले सशस्त्र युद्धकालमा उठाएका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका एजेण्डाहरु लथालिंग अवस्थामा छन् । केन्द्रीकृत राज्यशासन प्रणालीले संघीयताको स्वरुप धारण गरेको छ भने देशले गणतन्त्र र धर्मनिरपेक्षता पाएको छ । यो बाहेक अन्य कुनै पनि उपलब्धि देशले पाउन सकेको छैन । तैपनि युद्धबाट शान्तिप्रक्रियामा आएको माओवादी शक्तिले संयमता प्रदर्शित गर्दै लचकताका साथ सम्झौता गर्दै आएको छ । यही लचकताले नै माओवादीलाई संसदवादीधारका राजनीतिक दलहरुभन्दा फरक देख्न छोडियो । माओवादी नेतापंक्तिमा व्यापक आर्थिक विचलन देखापर्न थालेपछि पार्टीभित्रै छानबिन आयोग समेत बने । यो स्थितिले माओवादीको युद्धकालको प्रतिष्ठामा स्खलन आएको निश्चितै हो । नेतृत्वपंक्तिले जतिसुकै प्रयास गरे पनि पार्टीको तर्फबाट पटक–पटक सरकारको प्रतिनिधित्व गर्न पाएका नेताहरुले आफूलाई युद्धबाट आएको अनुभूति गराउने गरी काम गरेर देखाउन सकेनन् । माओवादीप्रति जनताले गरेको आशा र अपेक्षाविपरीतका गतिविधिहरु देखिन थालेपछि जनतामा निराशा उत्पन्न हुनु स्वाभाविक मान्न सकिन्छ ।

 
शन्तिप्रक्रियामा आएपछि युद्धकालकै जस्तै अनुशासन र कार्यशैली पार्टीमा नदेखिनुलाई अन्यथा मान्न सकिादैन । शान्तिप्रक्रियामा अवतरण गर्नेबित्तिकै प्रतिस्पर्धी राजनीतिक शक्तिहरुसागको प्रतिस्पर्धा पनि फेरिनु स्वाभाविक हो, तथापि प्रतिस्पर्धा सशस्त्र युद्धबाट शान्तिप्रक्रियामा मात्र रुपान्तरित भएको हो भन्ने आमजनमानसमा पर्नु पनि स्वाभाविकै हो । जनताबीच पुगेका नेताहरुले जनतालाई बााडेका आश्वासनहरु सपना जस्तै बन्नपुगेका छन् । शान्तिपूर्ण तरिकाले पनि युद्धकालका आश्वासनहरु कार्यान्वयन गरिनुपर्छ भन्ने अपेक्षा जनताबाट गरिनु अतिशयोक्ति अवश्य होइन ।

 
माओवादी पार्टीले जबसम्म माक्र्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा ग्रहण गर्छ तबसम्म जनताले यस पार्टीबाट रुपान्तरणको अपेक्षा गर्नुलाई कसरी गलत मान्ने ? यही पार्टीबाट अलग भएर ‘नयााशक्ति’को घोषणा गरी पूर्वप्रशासकहरुको जमघट गराएर मालेमावादी चिन्तन लिई सत्तोसराप गर्दै हिाड्न थालेका डा.बाबुराम भट्टराईहरुबाट जनताले आमूल रुपान्तरणको अपेक्षा गर्न सक्दैनन् । उनको यात्रा जनअपेक्षित छैन भन्ने कुरा बुझेका माओवादीधारका नेताहरुले पार्टीको एकीकरणसागै जनतालाई आश्वस्त तुल्याउने गरी कार्यदिशा तय गर्नु जरुरी छ ।

 
एकीकृत भएका माओवादीधारका नेताहरुबीच नीतिगत रुपमै सामीप्यता भएकाले नै एकीकरणको पहल भएको हो भन्ने कुरामा बहस गरिरहनुको औचित्य छैन । परन्तु युद्धकालका एजेण्डाहरुलाई कार्यान्वयन गर्ने सवालमा एकीकृत पार्टी गम्भीर बन्न सकेन भने नेताहरुको एकतामात्र भएको प्रमाणित हुन्छ । नेताहरुको एकताबाट जनता किन हौसिएका छन् र आशावादी बनेका छन् भन्ने प्रश्नको जवाफ पार्टीको कार्यदिशाले दिन सक्नुपर्छ । शन्तिप्रक्रियामा आएपछिको माओवादीधारको कार्यदिशा बेठीक भएकै कारणले पार्टी कमजोर बन्नपुगेको यथार्थलाई स्वीकार गर्नैपर्छ ।

 
त्यसो भएमा मात्रै भावी कार्यदिशा जनअपेक्षित निर्धारण गर्न सकिनेछ । जनअपेक्षित कार्यदिशाविना पार्टी लोकप्रिय बन्न सक्दैन भन्ने शिक्षा विगतको कमजोरीबाट लिन सक्नु आवश्यक छ ।

 
युद्धकाल जतिसुकै कष्टकर भए पनि जनताले साथ दिएका थिए । जनतामा उत्साह थपिएको थियो । शान्तिपूर्ण रुपमा पार्टीले फड्को मारेपछि पनि जनतामा उत्साहको कमी भएको थिएन । नेताहरुकै कमजोरीबाट जनअपेक्षा विपरीतका कार्यदिशा तय भएपछि पार्टी विभाजित हुन पुग्यो र सर्वत्र नैराश्य उत्पन्न भयो पनि । विभाजित अवस्थाभित्र कुनै पनि पार्टीले गति लिन नसकेपछि एकताको आवश्यकता महसुस हुनु अत्यन्त स्वागतयोग्य हो ।

 
यो एकता अभियानले एकता प्रक्रियाबाट बाहिर रहेका क्रान्तिकारी माओवादीहरुलाई पनि आकर्षण गर्न सक्नुपर्छ । तर प्रश्न उठ्छ आकर्षण कसरी गर्ने ? त्यसका लागि माओवादी केन्द्रले विगतमा माओवादी विभाजनको शिकार कसरी र किन भयो ? त्यसको समीक्षा गर्दै पार्टीप्रति असन्तुष्ट भएकाहरुलाई सम्बोधन गर्न सक्नुपर्छ । त्यो सम्बोधन पद वा कुनै लोभ देखाएर होइन, विगतको लक्ष्यलाई निरन्तरता दिएर क्रान्तिकारी ‘स्पिरिट’बाट अघि बढेर गर्नसक्नु पर्छ ।

 
माओवादी मुलुककै सबैभन्दा ठूलो शक्ति भएको तथ्य कतै लुकेको छैन । सबैभन्दा ठूलो शक्ति बन्ने सामथ्र्य कुनै व्यक्तिको आकर्षणले मात्र सम्भव भएको होइन र हुादैन पनि । त्यसको पछाडिको कारण भनेको माओवादीले तत्कालीन अवस्थामा अवलम्बन गरेको बाटो नै हो । अब पनि माओवादी केन्द्रले सााच्चीकै पहिलेकै अवस्थामा शक्तिशाली बन्ने अपेक्षा गर्ने हो भने विगतमा मुलुक र जनताका पक्षमा चालेको कदमलाई पुन: निरन्तरता दिन सक्नुपर्छ । राजनीतिमा एउटा चर्चित भनाइ छ ‘नथिङ इज इम्पोसिवल इन पोलिटिक्स’ । यदि यो भनाइलाई चरिचार्थ बनाउने हो भने व्यवहारमा पनि माओवादी महसुस हुनेगरी परिवर्तन हुनसक्नुपर्छ । पछिल्लो समय विभिन्न कोणबाट दशवर्षे युद्धकालका घटनाहरूलाई अपराधीकरण गर्ने जुन दुस्साहस भइरहेको छ, त्यसका विरुद्ध माओवादी केन्द्रले सशक्त पहल गर्नु जरुरी छ । यदि यो दुस्साहस रोकिादैन भने शान्तिप्रक्रियामा अवतरण गरेको औचित्य रहादैन । माओवादी शक्तिको एकताले यसलाई सम्भव पनि बनाएको छ । त्यस्तै एकीकृत बनिसकेपछि पार्टीले राष्ट्रिय स्वाधीनताको कार्यदिशा तय गर्नु जरुरी हुन्छ । जसरी एमालेलाई लाग्दै आएको भारतपरस्तको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादी कित्तामा उभ्याउन सकेका छन् । यस्तो पहल माओवादी केन्द्रबाट पनि हुन आवश्यक छ । सरकारका विषयमा पनि एमाओवादी केन्द्र स्पष्ट हुन आवश्यक छ । जस्तो सरकारले गर्ने सकारात्मक कामको समर्थन र नराम्रा कामहरूको विरोध गर्नाले जनतामाझ माओवादी केन्द्रप्रतिको विश्वास पनि बढ्छ । यदि सरकारको फोहोरी खेलमा लागेर नेतृत्वका व्यक्तिगत स्वार्थ पूरा गर्नतर्फ लाग्ने हो भने त्यसले अन्तत: समग्र पार्टीलाई नै नराम्रो असर पार्छ ।

 
सरकारबाट हालै प्रस्तुत भएको बजेटमा अन्तर्निहित सकारात्मक पक्षहरूको जस लिन माओवादी केन्द्र असफल भएको छ । विपक्षी दलहरूबाहेक अरु सबै पक्षबाट स्वागत गरिएको यो बजेटको स्वामित्व लिने र यस बजेटमा समावेश गर्न प्रयास गरिएका जनपक्षीय योजनाहरू लगायत अन्य विषयहरूलाई सार्वजनिक गरी एमाले नेतृत्वको कमजोरी जनसाधारणसम्म पुर्‍याएर लोकप्रियता हासिल गर्न सक्नु माओवादी केन्द्रको प्राथमिकतामा पर्नुपर्दथ्यो । तर यसमा माओवादी केन्द्र चुकेको छ ।

 
माओवादी केन्द्रको महाधिवेशन आयोजनक समितिमा नेताहरूका बीचमा आफ्नो वर्चस्व बनाउने होडबाजी चलिरहेको छ । यसको परिणाम सुहाउनेभन्दा ठूलो र भद्दा समिति बनिरहेको छ । यसको सट्टा एकता महाधिवेशनको मिति तत्काल तय गरेर महाधिवेशनमार्फत शक्ति सञ्चितीकरणतर्फ अघि बढ्नसके त्यो माओवादी केन्द्रका लागि उपयुक्त बाटो हुनसक्थ्यो । यसले एकताको सार्थकतालाई पनि पुष्टि गर्न सक्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here