अब माओवादी केन्द्रका चुनौती यस्ता छन्

165

काठमाडौं/ हालै मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रका अगाडि चुनौती नै चुनौतीको पहाड खडा भएको छ । बाम गठबन्धनको सरकारबाट हात झिकेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारीमा लागेको माओवादीसामु चुनौतीको पहाड थपिएको हो । एकातर्फ राष्ट्रवादी छवि बनाएको सरकार ढालेको भन्दै उसका विरुद्ध व्यापक विरोध सुरु भएको छ । यसले गर्दा माओवादीप्रति झुकाव रहेको जनमतसमेत भड्किने सम्भावना भएको विश्लेषकहरुको भनाइ छ । त्यस्तै, नेपालको इतिहासमै हरेक महत्वपूर्ण अंग तथा सरकार समेत वाम गठबन्धनमा रहेकोमा माओवादीले सरकारबाट हात झिकेपछि उसमाथि कम्युनिष्ट सिद्धान्तलाई ‘धोति लगाइदिएको’ आरोप लाग्ने र कम्युनिष्टप्रतिको जनताको विश्वास समेत घट्ने कतिपय विश्लेषकहरु जनाउाछन् ।
सरकारबाट हात झिकेलगत्तै अर्काे सरकार बनाउने तयारीमा लागेको माओवादी केन्द्रप्रति सत्ताप्रति आशक्त रहेको संगीन आरोप लागेको छ भने केहीले माओवादीको यो निर्णयलाई ‘मुसा प्रवृत्ति’को संयोग समेत दिएका छन् । अविश्मरणीय विषय त के छ भने विगतमा मुसा प्रवृत्तिको आरोप खेपिरहेको राप्रपा नेपालले समेत सरकारलाई बलियो साथ दिइरहेका बेला माओवादीले राप्रपा नेपाललाई उछिनेको छ । कम्युनिष्ट गठबन्धनलाई भत्काएर कांग्रेससागको अप्राकृतिक गठबन्धन बनाउन तयार बनेको माओवादी केन्द्रका सामु अर्काे चुनौती भनेको राष्ट्रवादी छवि बनाएका ओलीको पथलाई पछ्याउनु हो । तर माओवादीभित्रै रहेको विकृति र राष्ट्रियताका विषयमा कमजोर अवस्थामा रहेको कांग्रेससागको सहकार्यले त्यो पनि त्यति सहज देखिादैन । जसले गर्दा जनताको नजरमा माओवादीप्रति गलत धारणा नै बन्ने पनि निश्चित देखिन्छ । जुन माओवादी केन्द्रका लागि आगामी निर्वाचन (स्थानीय तथा संसदीय)मा फलामको चिउरा चपाउनु जस्तै हुनेछ ।
पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी दोस्रो संविधानसभाको निर्वाचन हुादै हालसम्म आउादा आपसी द्वन्द्वकै कारण सानो आकारमा खुम्चिन बाध्य बनिरहेको छ । उसले पछिल्लो समय एकपछि अर्काे गर्दै चालिरहेको कदमले उसका आगामी दिन समेत सहज देखिादैनन् । त्यसैले सत्ताको लोभमा लागिरहेको माओवादी केन्द्रका लागि भविष्यमा अस्तित्व रक्षाको चुनौती समेत प्रबल रहनसक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here