माथिल्लो कर्णाली नेपालीले नै बनाउनुपर्नेमा वाम नेताहरुको जोड

200

काठमाडौं/ माथिल्लो कर्णाली राष्ट्रिय अभियानले माथिल्लो कर्णाली जलविद्युत् परियोजना नेपालले नै निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूको जोड रहेको छ ।
उपप्रधानमन्त्री चित्रबहादुर के.सी.ले महाकाली, गण्डकी, कोशी र अपर कर्णाली भारतीय कम्पनीलाई सुम्पने काम भएको आरोप लगाउादै जबसम्म नेपाली जनताको चेतनाको विकास हुादैन, तबसम्म भारतीय विस्तारवादले नेपालको नदीनाला तथा प्राकृतिक स्रोतसाधनमा आाखा लगाउने र आङ्खनो कब्जामा पार्ने काम गरिरहने ठोकुवा गर्नुभयो ।
नेपाली जनतालाई सचेत हुन र नेपालको राष्ट्रियता, सार्वभौमसत्ताको रक्षा गर्न आह्वान गर्दै केसीले त्यसका लागि आफूले खबरदारी गरिरहने ठोकुवा गर्नुभयो ।
आफूले पहिलेदेखि नै संघीयताको विरोध गर्दै आएको र संघीयता नेपाली जनता र राष्ट्रको हितमा नभएकोले आफू सरकारमा गए पनि संघीयताको विरोध गर्न नछोड्ने केसीको चेतावनी थियो ।
त्यस्तै अर्का वक्ता नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अपर कर्णाली भारतलाई सुम्पने कार्य दलाल र राष्ट्रघाती सरकारले गरेको आरोप लगाउनुभयो । यो सम्झौता खारेज गरेर नेपालीहरू आफौले नै निर्माण गर्नुपर्नेमा वैद्यको जोड थियो । भारतीय विस्तारवाद पछि नहटे आफूहरू बन्दुक उठाउन पनि तयार रहेको चेतावनी वैद्यले दिनुभयो ।
कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको अवधारणापत्र प्रवक्ता विमल शर्माले वाचन गर्नुभएको थियो । कार्यक्रममा आनन्दबहादुर थापा र रतन भण्डारीले पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण धमला, कम्युनिष्ट न्यूकिलीयस नेपाका हेमन्तप्रकाश ओली, डा. उपेन्द्र देवकोटा, योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री, जलस्रोतविद् द्वारिका ढुंगेल, राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी., इन्जिनियर सन्तबहादुर पुनलगायतको उपस्थिति थियो ।
माथिल्लो कर्णाली राष्ट्रिय अभियानका संयोजक भरत शाहीको अध्यक्षतामा भएको सो कार्यक्रम नेकपा क्रान्तिकारी माओवादीका नेता सिताराम तामाङले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य शिवसुन्दर शाहीले दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here