ओलीको कथित राष्ट्रवादी ‘झेल’को पनि चीरहरण निम्तियो !

206

चन्द्रप्रकाश वानियाा
आफूलाई अब्बल राष्ट्रवादी ठान्ने केही वामपन्थी घटकहरू र कट्टर राजावादी कमल थापाहरूलगायत ती दुवैथरको निकट देखिन रुचाउने वकिल तथा पत्रकारवृत्तमा प्रधानमन्त्री केपी ओलीको शरीरमा खााट्टी ‘राष्ट्रवादी भूत’ चढेको छ भन्ने अन्धविश्वास व्याप्त भएको देखिन्छ । उनीहरूकै बुइा चढेर ‘भुइा न भाडामा’ हुन थालेका प्रधानमन्त्री ओलीको राष्ट्रवादी चटक र प्रहसनहरूमा रमाउने र उनका पूर्व अपराधहरूलाई माफी गर्न लाज नमान्ने प्रवृत्ति देख्दा श्रीमद भागवत कथाको ‘अजामिल’ भन्ने पात्रको सम्झना गराउाछ । ‘सौ चुहे डकार के, बिल्ली चला हज को’ भनेजस्तो सिङ्गो जीवन भारतको दासानुदास बनेर बिताएका ओलीले जीवनको सन्ध्याकालमा देखाएको नौटंकीले जिन्दगीभर पापाचारमा लिप्त ‘अजामिल’ले मृत्युशैयामा पुगेपछि भगवान नारायण नामको उच्चारण गरेकै भरमा बैकुण्ठलोक प्राप्त गरेको कथाको पुनरावृत्तिको झझल्को दिन्छ । असल छिमेकी भारतले पचासौं ठाउामा नेपालको सीमा अतिक्रमण गरेको सन्दर्भमा ओलीका अभिव्यक्तिहरूले उनलाई कुख्यात राष्ट्रघाती ठहर्‍याउाछन् । महाकाली सन्धि गर्ने बेलामा उनबाट भएको अपराधबाट उनले जन्मजन्मान्तरसम्म मुक्ति पाउने छैनन् । त्यसैले भन्नैपर्ने हुन्छ कि उनले यसपटक प्रदर्शन गरेको कथित राष्ट्रवादी अडान भारतको विरुद्धमा कीमार्थ थिएन । त्यो त उनमा रहेको मधेसविरोधी भावनाको अभिव्यक्ति मात्रै थियो । त्यही कटुसत्यलाई राष्ट्रवाद र भारतविरोधको नक्कली गाउन पहिराउने कपट चेष्टा मात्र हो भन्ने कुरा उनका सबभन्दा प्रिय विश्वासपात्र उपप्रधानमन्त्री कमल थापाहस्ते सुषमा स्वराजका पाउमा चढाएको ४ बुादे बिन्तीपत्र (नन पेपर)ले पोल खोलिसकेको छ भन्ने कुरालाई जबर्जस्ती ढाकछोप गरेर ओलीको समर्थनमा ताली बजाउनु या त अब्बल दर्जाको घामटपन हो । अथवा ओली सरकारबाट प्राप्त हुनसक्ने सुविधाको लालच हो भन्नु बढ्ता हुन्छजस्तो लाग्दैन ।
जसले भारतको चाहनाविरुद्ध उभिएर पटक–पटक एमालेलाई कााधमा चढाउादै आएको थियो उसैको गुन बिर्सने गुनपच्चा प्रवृत्तिको परिणामस्वरूप ओलीको सत्ता धरापमा परेको हो । माओवादी केन्द्रले ओलीलाई दिादै आएको समर्थन औपचारिकरूपमा फिर्ता लिइदिएपछि ओलीको सरकार स्पष्ट अल्पमतमा परिसकेको छ । संसदीय अभ्यासमा संसदको विश्वास गुमाइसकेपछि पनि पदमा बसिरहने लोभ परित्याग गर्न नसक्नु घोर अनैतिकताको उदाहरण मानिन्छ । स्पष्ट अल्पमतमा परिसकेपछि पनि न पदत्याग गर्ने न विश्वासको मत लिने तत्परता देखाएर घोर अलोकतान्त्रिक र अनैतिक चरित्र प्रदर्शन गरेका ओलीले पछिल्लोपटक कांग्रेस अध्यक्ष देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बालुवाटार दरबारमै निम्त्याएर ‘मिलेर जाने कि मुठभेड निम्त्याउने’ भनेर धम्क्याएको कुरा सार्वजनिक भएको छ । उनको त्यो चेष्टा विपक्षीहरूले सदनबाट अविश्वासको प्रस्ताव पारित गरे पनि पद छोड्दिन भन्ने आशयप्रेरित छैन भन्न मिल्दैन । नत्र भने अविश्वास प्रस्तावको छिनोफानो सांसदहरूको मतबाट हुने हो, बाहुबल प्रदर्शनबाट होइन भने मुठभेड निम्तने कुरा कुन प्रसंगमा उठाइएको हो त भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । हुन त मानिसलाई सत्मार्गमा डोर्‍याउने मुख्य तत्व नैतिक चेत हो । नैतिकता नहुनेहरूले कर्तव्याकर्तव्य बीचको विभेद छुटयाउने सामथ्र्य राख्दैन र ओलीपथलाई गन्तव्य बनाउाछ ।
कुनै आकस्मिक दुर्घटना निम्तिएन भने ओलीविरुद्धको अविश्वासको प्रस्ताव सदनबाट पारित हुने निश्चितप्राय: देखिन्छ । सरलतापूर्वक सत्ता हस्तान्तरण गर्न आनाकानी गरिए पनि त्यस्तो असंवैधानिक चेष्टाको आयु लामो हुनेछैन । अर्थात राष्ट्रपति कार्यालय हुादै सर्वोच्चमा पुगिसक्दानसक्दै ओलीको सत्तामोहको दुखान्त पटाक्षेप भइसक्ने छ । त्यतिबेलासम्म बदनियत, सत्तालोभी चरित्र, तानाशाही प्रवृत्ति र आफूलाई अब्बल बुझक्कड र चतुर ठान्ने ओली दम्भ एकैसाथ धुलिसात हुनेछन । ओली प्रवृत्तिलाई इतिहासको विषय बन्न/बनाउन लामो कसरतको आवश्यकता पर्ने छैन । र मुलुकले नयाा दिशा समात्ने छ भनेर आशा गर्न सकिन्छ ।
अल्पमतमा परिसकेपछि खुरुक्क राजीनामा गरेर नयाा सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिने वा आफैले विश्वासको मत परीक्षण गर्ने सरल र नैतिकताको बाटो छोडेर अविश्वासको प्रस्तावको सामना गर्ने व्यर्थको लिच्चडपन प्रदर्शन गर्नु लोकतान्त्रिक मूल्य मान्यतालाई धोती लगाउने निरंकुश चरित्र ओली मण्डलीका तर्फबाट प्रदर्शन गरिएको हुनाले अविश्वासको प्रस्ताव पारित भएपछि कुनै किसिमको कचिंगल सिर्जना गर्ने कााचो खिचडी ओलीको किचनक्याविनेटको भान्सामा पाकिरहेको छ कि भन्ने आशंका समाजमा उत्पन्न हुनु स्वाभाविक हो । स्वयं प्रधानमन्त्री, मन्त्रीहरू र उनका समर्थक शुभचिन्तक सल्लाहकारहरूबाट सार्वजनिक हुने गरेका कूट अभिव्यक्तिहरूले त्यतै संकेत गर्छन् । त्यस्तो चेष्टा ढिलोचााडो वास्तविकताको धरातलमा थचारिने नै छ । तर छोटै समयका लागि भए पनि मुलुकलाई अनिश्चयको भुामरीमा धकेल्ने, समाजमा अनावश्यक ध्रु्रवीकरण बढाउने र तिक्त वातावरणको विकास हुने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना हुन्छ कि भन्ने संत्रास बढ्ने वातावरणको विकास भएको देखिन्छ । त्यसैले यतिबेला जति नै तिक्त ध्वाास धम्कीको भाषा ओकलिने गरेको भए पनि त्यो नितान्त सत्तानिवृत्ति पूर्वको पीडा र सरकार जोगाउन नसकेको कुण्ठाको अभिव्यक्ति हो र अविश्वास प्रस्तावको छिनोफानो भएपछि ओलीवृत्तबाट कुनै गैरसंवैधानिक र गैरलोकतान्त्रिक कदम उठाउने दुष्चेष्टा र धृष्टता गरिने छैन भनेर आशा गर्नैपर्छ । आम जनसाधारणसाग त्यसको विकल्प अर्को छादा पनि छैन ।
संसदीय परम्परामा सरकारको गठन विघटन संसदीय अंकगणितले गर्ने हो । त्यसअर्थमा ओली स्पष्ट अल्पमतमा परिसकेका छन् र उनको पतन निश्चित भैसकेको छ । तैपनि सांसद किनबेच गर्ने गरेको घृणास्पद राजनीति अवलम्बन गरिएको नेपालको कालो इतिहास पुरानो नभैसकेको हुनाले हर्ष ट्ेरडिङ्गका माध्यमबाट सत्ता लम्व्याउने सकिन्छ कि भन्ने आशाले अविश्वासको प्रस्तावको सामना गर्ने हौसला ओलीलाई दिएको हुनसक्छ । देउवा, पौडेल र कोइरालाहरूसमक्ष एमालेसाग सत्तासाभेदारी गरिदिनका लागि निवेदन मात्रै गरिएको होइन प्रधानमन्त्रीको पद पनि नजराना चढाउने प्रस्ताव गरिएको कुरा सार्वजनिक भइसकेको छ । कांग्रेसका नेताहरूसमक्ष मात्रै होइन भद्र सहमति पालना भएर भनेर कांग्रेसको छहारीमा पुगेका माओवादी केन्द्रका अध्यक्षसमक्ष समेत त्यस्तै प्रस्तव पठाइएको थियो भनिन्छ । आफूले भने चाादीको किस्तीमा प्रधानमन्त्रीको पद सजाएर दैलो दैलो चहार्न उद्यत हुने ओलीले आफ्नो सरकार ढलेपछि अर्को सरकार बन्ने संवैधानिक बाटो नै छैन भन्न लाज मानेको देखिएन । सत्तालोभले मान्छेलाई कतिसम्म लाजघीनविहीन बनाउन सक्दो रहेछ भन्ने कुराको अब्बल प्रमाण ओलीको पछिल्लो चेष्टाले प्रमाणित गरिदिएको छ । अर्थात संविधानले एमालेबाहेक अरु राजनीतिक दलहरूलाई सत्तारुढ हुने अधिकार दिएको छैन भन्ने मान्यता ओलीमण्डलीले राख्दोरहेछ भन्ने पनि प्रमाणित गरिदिएको छ ।
संसदीय परम्परामा सत्ता परिवर्तनको एक मात्र माध्यम संसद र सांसदलाई मानिन्छ । सदनमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सडकबाट हस्तक्षेप गर्ने लाजमर्दो प्रहसन पनि सुरु भएको छ । राजधानीलगायतका केही साना–ठूला सहरहरूमा ओलीसत्ताको निरन्तरताको माग गर्दै स्वतन्त्र युवाको नाममा प्रदर्शनहरू आयोजित हुन थालेका छन् । तर तुलनात्मक दृष्टिले हेर्दा त्यस्तो चेष्टाको परिणाम उल्टो निसकेको छ र त्यो ओलीको कथित अब्बल राष्ट्रवादको वेइज्जत गर्ने साधन मात्रै सावित भएको छ । त्यस्ता नैटंकीहरू असफलसिद्ध भएका छन् । कुनै सहरमा पनि प्रदर्शनकारीहरूको संख्यालाई ‘हजारमा’ गन्नु परेन । त्योभन्दा त ‘राजा आउ, देश बचाउ’ भन्ने प्रतिगामी भनिएका प्रदर्शकहरूको संख्या कैयौ गुणाले बढी हुन्थे र हुादैछन् । हिन्दू धर्मसापेक्ष राज्यको माग गर्नेहरूका प्रदर्शनहरू पनि ओली राष्ट्रवादको समर्थनमा निस्कने जुलसहरूभन्दा भव्य हुने गरेका छन् । यसपटकको राज्य प्रायोजित सडक नौटंकीहरू ओली र उनको नक्कली राष्ट्रवादको तेजोवध गर्ने मसला मात्रै सावित भएका छन् । कथित राष्ट्रवादी सरकार जोगाउने उद्देश्यबाट आयोजित प्रदर्शनहरू देशभर विस्तारित हुन नसकेको मात्र होइन त्यसको असफलताले ओली राष्ट्रवादको पनि नराम्रोसाग चीरहरण गरिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here