ओलीका कामको अवमूल्यन नगर !

161

प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा गर्लान् भनेर कसैले कल्पना गरेका थिएनन् । धेरैले त अविश्वास प्रस्तावको समेत सामना नगरेर संसद नै विघटन गरी सत्तामा निरंकुशता प्रदर्शन गर्ने छन् भन्ने जस्ता अड्कलवाजी पनि गरेका थिए । सबै अनुमानहरूलाई गलत सावित गर्दै ओलीले सर्वत्र स्याब्बासी पाएका छन् ।

 
पदबाट राजीनामा गरेको जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले आफूविरुद्ध उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा आफूले परनिर्भरताको अन्त्यका लागि गरेका सन्धि सम्झौताहरूको कार्यान्वयन अब के हुने हुन् भनेर आफूलाई चिन्ता लागेको भनिरहादा व्यवस्थापिका–संसद हल स्तब्ध बनेको थियो । स्वयं अविश्वास प्रस्तावका प्रस्तावक तथा भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहनुभएका पुष्पकमल दाहाल प्रचण्डसमेत भावुक बन्नु भएको थियो ।

 
ओलीले आफ्नो कार्यकालमा गरेका कामहरूकै कारणबाट उनी नेपाली जनमानसमा लोकप्रिय बनेका छन् । ओलीले प्रधानमन्त्रीको पद वहाली गर्दाका अवस्थामा देश पूर्णरूपमा अस्तव्यस्त थियो । ०७२ साल असोज ३ गते जारी भएको संविधानको विरोधमा तराई क्षेत्र आन्दोलित थियो भने छिमेकी देश भारतले संविधानकै विरोधमा नाकाबन्दी लगाएर दैनिक उपभोग्य वस्तुलगायत इन्धन आपूर्ति ठप्प पारेको अवस्था थियो । देशको त्यो अभावग्रस्त अवस्थाप्रति नेपाली जनताले निकै संयमता देखाएर ओलीको साहस बढाइदिएका थिए पनि भन्न सकिन्छ । भूकम्प पीडित जनताले त्रिपाल मुनी जीवन गुजारा गरिरहनु परेका अवस्थामा समेत अभाव र कालोबजारीको सामना गरिरहेका थिए । असोज २४ गतेका दिन पदबहाली गरेका केपी ओलीले भारतीय नाकाबन्दीका विरुद्धमा आफूलाई चट्टान जस्तै स्थिर बनाए पछि उनी नेपाली जनताका बीच अत्यन्तै लोकप्रिय बन्न पुगे । यो तथ्यलाई कसैले अस्वीकार गर्नु हुादैन र केपी ओलीका कामहरूको अवमूल्यन पनि गर्नु हुादैन ।
दक्षिणतिरको खुला सिमाना भएको छिमेकी देशका शासकहरूको हस्तक्षेप र नाकाबन्दीका बीच ओलीले उत्तरतिरको छिमेकी मुलुकबाट दैनिक उपभोग्य वस्तुहरूलगायत इन्धन आपूर्तितिर ध्यान दिन थाले पछि पनि ओली जनताबीच थप लोकप्रिय बने । ओलीको स्वाभिमानी अडानले अन्तर्राष्ट्रियजगतमै उनको उाचाइ वढायो । आफू मृगौला रोगी भएका र त्यसको उपचारमा हुने खर्च र दु:खको अनुभवका आधारमा मृगौला रोगीहरूलाई नि:शुल्क डायलोसिसको व्यवस्था पनि ओलीले गरिदिए । चीनसाग पारवाहन सम्झौता गरेर उत्तर र दक्षिणका छिमेकी दुई देशवीच समान हैसियतको व्यवहार गर्ने नीति अख्तियार गरेको सन्देश दिनुका साथै व्यापार र पारवाहनमा एउटै देशमा परनिर्भर हुनु पनि बाध्यात्मक अवस्थाको विकल्प दिन ओली सफल भएका छन् । ओलीले वृद्धभत्तामा दोव्वर वृद्धि गरेका छन् भने तराई मधेश जोड्ने द्रूतमार्ग निर्माणमा नेपालले नै लगनी गर्ने निर्णय गरेर राष्ट्रिय स्वाधीनतालाई थप उाचाइमा पुर्‍याउन पनि ओलीले सफलता हासिल गरेका छन् । त्यसैगरी शैक्षिक प्रमाणपत्रका आधारमा युवाहरूलाई ऋण उपलब्ध गराउने, तुइन विस्थापन गर्ने र स्थानीय निकायमा बजेट बढाउनेलगायतका कामहरूमा जनपक्षीय चिन्तन बनाउन ओली अग्रसर देखिएका छन् । यस्ता लोकप्रिय कामहरूमा अग्रसरता देखाएर भावी सरकारलाई समेत मार्ग अवलम्वन गर्ने आधार वनाइदिएका केपी ओलीका कामहरूको अवमूल्यन नगरेर कार्यान्वयन गर्न सकियो भने भोलिको नेतृत्वले पनि गलत काम गर्नु हुादैन भन्ने शिक्षा लिने आशा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here