कमरेड प्रचण्डको तीन अभिभारा

244

 दीपेन्द्र रोकाया

 
अघिल्लो साता नेपाली जनताले राष्ट्रिय अभिभावकको खोजी गरिरहेको र विभिन्न आलोचनाको बीचमा त्यस्तो नेतृत्व र व्यक्तित्व कमरेड प्रचण्ड देखापरेको चर्चा गरेको थिएा । किनकि प्रचण्डसाग १० वर्ष, नौ महिना पााच दिनसम्म राज्यसत्ताका विरुद्ध लडेको जनयुद्ध, शान्तिप्रक्रियामा आएपछि पहिलो सरकार र यसबीचको राजनीतिक उतारचढावको प्रत्यक्ष अनुभव छ भन्ने अर्थमा । नेपालको राजनीतिक परिस्थितिले एउटा अर्को मोड लिन थालेपछि उनले एमालेलाई दिएको सहमति फिर्ता लिएर कांग्रेससाग सहकार्य गरी हिजोबाट नयाा सरकारको नेतृत्व गर्न पाएका छन् । यो आफैमा चुनौती र अवसर दुवै बन्न गएको देखिन्छ ।

 
केही आलोचकहरूले प्रचण्ड सरकार घोषणा हुनुअघिदेखि नै म्यादी सरकार भनेर हल्ला मच्चाइरहेका छन् । यस हल्लाको पछाडि प्रचण्डले केही गर्न सक्ने छैनन् भन्ने अर्थ लगाइएको पाइन्छ । उनीहरूले प्रचण्ड नेतृत्वको सरकारलाई सुरुदेखि नै असफल भएको देख्न चाहेका छन् । सोहीअनुसार भन्दैछन् कि ‘प्रचण्ड अस्थिर छन्, उनले एक भन्छन्, अर्को गर्दछन् ।’ यस्तै अर्काथरि आलोचकहरूले प्रचण्डको कााधमा बन्दुक राखेर कांग्ेरसले चलाउने गोली ओली सरकारका गतिविधिभन्दा खतरनाक हुनेछन् भन्ने गरेका छन् । यस्ता अनुमानहरूका बारेमा भविष्यमा मूल्यांकन हुने नै छ । तर यस अवसरलाई देश, जनता र क्रान्तिको पक्षमा लगाउनका लागि अध्यक्ष प्रचण्डले तीन कुरा सम्झन आवश्यक छ ।

 
एक : जनयुद्धमा जाादा गरेका सैद्धान्तिक प्रतिबद्धताहरू । नेपाली जनता विगतको प्रतिबद्धता र व्यवहार सम्झेर समिक्षा गरिरहेका छन् कि त्यतिखेर माओवादीले जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य राखेका थिए । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले लक्ष्यमा पूरै विजयी नभए पनि त्यसमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्दै आएका थिए । नेपालको नयाा जनवादी क्रान्ति पूरा गर्ने लक्ष्यका साथ सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै आएका हुन् उनले । कृषि क्रान्तिलाई मेरुदण्ड मानी श्रमजीवी जनसमुदाय मुख्यत: गरिब किसानहरूमाथि भर परेका थिए । माओवादीले लेनिनको ‘क्रान्ति आफैंले आफ्नो विकासक्रममा सधैं नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ’ भन्ने भनाइको महत्वलाई आत्मसात गरेका थिए । जित र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर मात्र खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने आधार प्राप्त गरेको नेकपा माओवादी केन्द्रले यतिबेला आएर विगतको प्रतिबद्धता भुल्यो भन्ने गरिएको छ । नेपाली राजनीतिमा माओवादीले जनयुद्धमा जाादा हत्केलामा जीवन राखेर गरेको सैद्धान्तिक प्रतिबद्धताकै कारण देशमा कल्पनासमेत नगरेको राजतन्त्रको अन्त्य, गणतन्त्रको घोषणा, धर्म निरपेक्षता, संघीयता, समावेशी र समानुपातिक नेतृत्व गर्नेजस्ता परिवर्तनहरू प्राप्त भएका छन् । तर त्यसको संस्थागत नहुादा देश, जनता र अन्तर्राष्ट्रिय समुदायले अनुभव गर्न पाएका छैनन् । उनीहरूलाई यो अनुुभूतिको तहसम्म पुर्‍याउन जनयुद्ध उठान गर्दाको मर्म बुझ्ने नेतृत्वले मात्र विद्यमान चुनौतीलाई अवसरमा बदल्न सक्छ भन्ने हिसाबले कमरेड प्रचण्डलाई जनयुद्धका प्रतिबद्धता सम्झाउनुपर्ने पहिलो तथ्य बन्न गएको छ ।
दुई: शान्तिप्रक्रियामा आउादा सात दलसाग भएको १२ बुादे सहमति र विस्तृत शान्तिसम्झौता । यसका अलावा यसबीचमा धेरै सहमति र सम्झौताहरू भएका छन् । यस सहमतिले पार्टी र क्रान्तिलाई नयाा स्थानमा पुर्‍यायो । पार्टीभित्र विभाजन पनि आयो, एकता पनि भयो । कतिपय आलोचकले विचार र स्थानका हिसाबले माओवादी २०४८ सालमा पुगेको देखेका छन् भने कतिपयले क्रान्तिकारी परिस्थिति निर्माण गर्दै गएको अर्थ लगाइरहेको अवस्था छ । यो आलोचना जनयुद्धकालमा निर्माण भएका जनसेना, जनसत्ता र जनअदालत छैनन् भन्ने अर्थमा भइरहेको छ । तर त्यस जनयुद्धले उठाएका मुद्दा कार्यान्वयन हुने क्रममा जनसेना थोरै भए पनि समायोजन भई नेपाली सेनामा छन् । संविधानसभाको निर्वाचनबाट माओवादी पार्टीलाई पहिलो पार्टीका रूपमा स्थापित भएपछि पहिलो गणतान्त्रिक सरकार चलाउने अवसर मिलेकै थियो । त्यसपछि पनि सरकारको नेतृत्व गर्ने अवसर पाएकै हो । अघिल्ला अनुभवहरूले के देखायो भने अहिलेसम्म माओवादीले एमालेसाग सहकार्य गर्‍यो । एमालेले आखिरी क्षणमा धोका दिने कार्य गर्दै आयो । यसका आधारमा यसपटक नेपाली कांग्रेससाग सहकार्य भइरहेको छ । वास्तवमा विभिन्न रणनैतिक महत्वको संघर्ष, सहमति र सहकार्य नेपाली कांग्रेससागै भएको थियो । यसैले योपटक माओवादी केन्द्र र नेपाली कांग्रेसको सत्ता सहकार्यले देशमा शान्ति, स्थिरता र विकासका लागि महत्वपूर्ण योगदान देओस् । यसअघिका राम्रा पहलकदमीको निरन्तरता दिादै यो सहकार्य राष्ट्रिय हित र राष्ट्रिय एकताको लागि ऐतिहासिक बनोस् । जसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्न पुग्नुको अर्थ शीर्ष नेतृत्वको सम्मान हो र यहाा प्रचण्डले देशको अभिभावकत्व ग्रहण गरी आफूले निर्वाह गर्नपर्ने दायित्व पूरा गरेको रूपमा देख्न पाइयोस् भनि हेरिएको छ भन्ने बुझ्नुपर्दछ ।

 
तीन, संक्रमणकाल अन्त्य गराउने प्रतिबद्धता । यसखाले प्रतिबद्धता युग परिवर्तनको ढोका खोल्ने कुरासाग सम्बन्धित छ । हो, द्वन्दकालीन अपराधको सत्य पत्ता लगाउने, क्षमा दिने, न्याय दिने र मेलमिलाप गराउने लक्ष्यका साथ गठित सत्य निरूपण आयोगको कार्य सम्पादन गर्न बााकी छ । बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न बााकी छ । यसका लागि सबैभन्दा बढी टक्कर परेको र पर्ने पनि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच थियो र हो । सत्य निरूपण र बेपत्ता आयोगमा यी दुई दलसाग सम्बन्धित भएर बढी उजुरी परेको देखिन्छ । यसैले सत्ता साझेदार दलहरूले द्वन्दमा परेका नेपाली जनतालाई न्याय दिन आवश्यक छ । अहिलेसम्म जनताले परिवर्तनको महसुस गर्न नपाएको विषय यो पनि हो । यसैले युगीन परिवर्तन पनि ओझेलमा पर्न थालेको छ । संघर्षमा बााच्नेहरूको पीडा सम्झने हो भने बााच्न कति कठिन हुादो रहेछ भनी हेर्दा अनुभव गर्न सकिन्छ । अझ परिवर्तनविरोधीहरू भनौं वा संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वका सवालमा दोधारे नीति लिनेहरू छुटिादै गएका छन् । तर पनि यस सहकार्यले राष्ट्रिय सहमतिको ढोका खुल्ला राख्दै ‘बिरालो सेतो होस् वा कालो, मुसा मारेको हुनुपर्दछ’ भन्ने अवधारणाका साथ काम गर्न सक्नुपर्ने हुन्छ ।

 
यतिखेर जसले जे भने पनि.२०७४ सालको माघसम्म तीन स्तरको निर्वाचन गराउनु छ । त्यसभन्दाअघि करिव तीन सय कानुन बनाउनुपरेको छ । संघीय सीमांकन गर्नुपर्ने छ । स्थानीय निकायसम्बन्धी पुनर्संरचना छलफलमा आउनेबित्तिकै विभिन्न प्रकारका प्रतिक्रिया उठ्न थालेका छन् । त्यसलाई पनि सहजीकरण गर्नु र व्यावहारिक बनाउनुपर्ने छ । महाभूकम्पका कारण पुनर्संरचनाको कामलाई तीव्रता दिनु छ । मधेशवादीको नाकाबन्दीका कारण उथलपुथल भएको अर्थतन्त्रमा सुधार ल्याउनु छ । मधेश समस्या समाधान गर्नु छ । देश युवाविहीन हुादै गएको अवस्थामा प्रत्येक वर्ष नेपाली श्रमबजारमा प्रवेश गर्ने जनशक्तिलाई विदेशिनबाट जोगाउनु छ । यहााको राजनीतिक अस्थिरतालाई स्थिरता कायम गरी चीन र भारतको विकास र सम्पन्नता उपयोग गर्न सक्नु पर्नेछ । विश्वभरको सहयोग र सर्मथन चाहिन्छ नै । प्रतिक्रियामा व्यस्त हुने समय छैन । यसकारण जनयुद्ध उठान गर्दाको प्रतिबद्धता, विस्तृत शान्तिसम्झौताको सहमति र संक्रमणकालको अन्त गराई नयाा नेपाल निर्माण गर्ने अभिभारा प्रचण्ड नेतृत्वको सरकारसाग छ । नेपाली जनताले हरेकपटक आशा गरेझै कमरेड प्रचण्ड नेतृत्वको सरकारले साहसका साथ देश विकासमा योगदान गर्न सकोस् । यही छ, नयाा गठबन्धन सरकारलाई सुझाव र शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here