नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोबाट नेपालको ३९ औं प्रधानमन्त्री बन्नुभएको छ, उहाासग कसैले प्रतिष्पर्धा गरेनन् । सरकार बन्नु र ढल्नु स्वभाविक प्रक्रिया हो । व्यवस्थापिका संसदमा आफुनो पूर्ण बहुमत नभएको अवस्थामा अरुसाग सहकार्य गरेर सबैभन्दा ठुलो पार्टीले सरकार बनाउने परम्परा नै हो, तर कहिलेकााही प्रमुख दलहरूबीच असहमति हुादा तेश्रो दलले अवसर लिने गरेका पनि छन्, पछिलो समयमा यो प्रक्रिया बढेको छ ,त्यसैको निरन्तरता अहिले बनेको प्रचण्ड नेतृत्वको सरकार हो ।
प्रचण्डलाई सरकार बनाउन जति सजिलो छ सत्ता साझेदार दललाई विश्वासमा लिएर हिाड्न त्यति नै चुनौती छ । हिजो पनि प्रधानमन्त्री भएर अनुभव लिएका उहााको सोचमा परिवर्तन आउनु जरुरी छ । आफ्नै अहम्ता र एकलौटी शैलीले सरकारबाट हट्नुपरेको अनुभवले उहाालाई पक्कै पनि पाठ सिकाउने छ । जताततै हात हाल्न खोज्दा र नियमविपरीत जान खोज्दा आइपरेको समस्या प्रचण्डले बिर्सनु हुादैन । संसदमा केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्दा नै उहााले आफुभित्र रहेको कमजोरीको खुलासा गर्नुभएको थियो । पहिलो संविधानसभामा माओवादी पहिलो पार्टी भएर मात्तिएको भन्दै आफ्नै आलोचना उहााले गर्नुभएको थियो । उहााले पछिलो समयमा संसदमा पहिलो पार्टी रहेको नेपाली कांग्रेसले पनि आफूजस्तै बाटो बिराएको चर्चा पनि गर्नुभएको थियो । ओलीसागको गठबन्धनप्रति असन्तुष्टि जनाउादै आउनुभएका प्रचण्डले केही विकल्प नभएपछि नचाहादा–नचाहादै सरकारबाट बाहिरिनुपरेको प्रष्ट पार्नुभएको थियो । एमाले सरकारले मीठा कुरा गरेका भएपनि काम गर्नतिर चासो नदिएकाले सरकार कमजोर बन्दै गएको हो ।
सरकार बन्नेबित्तिकै प्रधानमन्त्री र मन्त्रीले गर्ने ठूला कुरा जनताले बुझेकै छन् तर जनताका ईच्छा र चाहना नबुझ्दा सरकारप्रति सर्वसाधारणको असन्तुष्टि रहने गर्दछ । ओलीले भनेजस्तो भुकम्पपीडितले वर्षायाममा न्यानो घरमा बस्न त पाएनन् नै दैनिक गुजारासमेत गर्न नपाउादा उनीहरूको विजोग भएको छ । पटकपटक किस्तामा दिने भनिादै आएको सहुलियत रकममा पनि राजनीतिक दाउपेच भएपछि पीडितहरू ‘घर न घाट ’का भएका छन् । नव निर्वाचित प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले भुकम्पपीडितको गुनासो सुन्न सकेमा त्यो सााच्चै नै अविस्मरणीय हुन जाने छ । जसले प्रचण्डको उचाई बढाउने छ र पुराना कुरा जनताले बिर्सने छन् । संसदीय व्यवस्थामा एउटा प्रतिपक्षी पार्टी चाहिन्छ सरकारले गरेका गलत काम कारवाहीलाई नियन्त्रण गर्ने र बेलामौकामा औंला ठड्याउने कोही भएन भनें त्यहिाभित्र अर्को तानाशाहको जन्म हुन सक्छ । जनतालाई देखाएर राजनीति गर्ने अनि उनीहरूलाई परै राख्ने परम्पराको अन्त्य नहुन्जेलसम्म न त राजनीतिक संस्कारमा परिवर्तन आउाछ न त जनताले भनेजस्तो न्याय नै पाउाछन् । जुनसुकै सरकार र मन्त्री आएपनि जनताको एकमात्र चाहना भनेको आफ्ना न्युनतम आवश्यकता पूरा गर्न सरकारले सहयोग गर्यो कि गरेन भन्ने नै हो । नेपाली कांग्रेसले आफ्नो पालामा नै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, संचारलगायतको विकास भएको दावी गर्दै आएको छ, तर त्यसलाई व्यवस्थित गर्न नसक्दा उ पनि आलोचनाबाट टाढा छैन ।
पार्टीभित्र देखिने अस्वस्थ्य प्रतिस्पर्धाले नै प्रधानमन्त्रीहरू असुरक्षित हुने गरेका छन् । पार्टीमा मौलाएको गुटले आफ्नै सरकार ढाल्न बल प्रदान गरेको छ भन्दा पनि पर्दैन, ओली पनि यसैको शिकार भएका हुन् । माधव नेपाल र झलनाथ खनाललाई वेवास्ता गरेर एकलौटी पाराले टाढासम्म हिाड्न सक्छु भन्ने अहमताले ओलीमात्र होइन एमाललेलाई पनि कमजोर बनाएको सत्य हो । अबको सरकारले आश्वासन बााड्न छोडेर जनताको समस्यामा ध्यान दिनु जरुरी छ तबमात्र प्रचण्ड वास्तवमा प्रचण्ड बन्ने आशा गर्न सकिन्छ ।

















