हुकुमबहादुर सिंह
भारतीय शासकवर्गको नेपालमाथिको एकतर्फी हेपाहा प्रवृतिका विरुद्ध सप्तरीको तिलाठीका जनताले प्रतिरोध गरेका छन् । भारतले पूर्वाधारका नाममा नेपालका धेरै क्षेत्रहरूमा बााध बााधेर नेपाली भूभागलाई डुबानमा पार्दै आएको छ । त्यसैको निरन्तरतास्वरूप सप्तरी जिल्लामा पर्ने दशगजा क्षेत्रको भारतीय सीमास्तम्भभन्दा पााच मिटर उत्तर नेपालीभूमिमा आएर बााध बनाउन थालेपछि सीमाका नेपालीहरूले त्यसका विरुद्ध विद्रोहको झण्डा उठाउने निर्णय गरे । भारतीय शासकवर्गको इशारामा काठमाडौंमा नयाा सरकारको गठनको तयारी हुादैछ, मधेसका जनता खासगरी तिलाठीका जनताले ‘कुनै पनि हालतमा नेपालीभूमि मिच्न दिादैनौ, दशगजामा नदीको वहाव थुन्ने गरी कुनै पनि हालतमा तटबन्ध बनाउन दिादैनौ’ भन्दै सयांै स्थानीयले यस्ता नारा लगाए । आफूलाई खाटी देशभक्त भनेर काठमाडांैमा नथाक्नेहरूलाई देशभक्ति भनेको के हो ? भनेर व्यवहारबाटै प्रदर्शन गरेर देखाएका छन् । आमनेपाली जो देशभक्तिको भावनाले ओतप्रोत छन्, तिनीहरूको वास्तविक देशभक्तिप्रति नमन गर्नैपर्दछ र नेपाली जनता जो वर्षौदेखि यस्तैखालका भारतीय शासकवर्गको हेपाहा प्रवृतिका कारण डुवानलगायत अन्य अन्याय तथा अत्याचारका शिकार बन्दै आएका छन्, तिनीहरूले अब गम्भीर भएर भारतीय शासकवर्गको नेपालमाथिको एकतर्फी हेपाहा प्रवृतिका विरुद्ध सप्तरीको तिलाठीका जनताले देखाएको वीरता र बलिदानको मार्गलाई अनुशरण गर्नुपर्ने समय आएको छ । सप्तरीको तिलाठीका जनताले देखिरहेका छन्, नेपालका राजनीतिक दलका नेताहरू जो नयाा सरकारको गठनमा प्रभुको आशिर्वाद लिनका लागि व्यस्त भएका छन्, उनीहरूका लागि यो घटनाले खासै महत्व नराख्ला, तर भारतीयलाई नेपाली अस्मितामाथि प्रहार गर्न दिादैनौ, मातृभूमिको माटो लग्न दिादैनौ । नेपालीको शरीर मातृभूमिका लागि हो, मातृभूमिको रक्षाका लागि यति रगत बग्नुले कुनै ठूलो अर्थ राख्दैन भन्ने देवनारायण यावदजस्ता देशभक्तहरूको मधेसमा कमी छैन । यदि कमी छ भने मधेसको र देशको राजनीतिक प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूमा विद्यमान भारतीय शासकवर्गप्रतिको दलाली गर्ने प्रवृतिको अन्त्य । यसैलाई निरन्तरता दिादै सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले तिलाठीका जनताको अपमान गर्दै आफ्नो भारतभक्ति प्रदर्शन गर्दै वक्तव्य दिएका छन् । यस्ता दलालहरूका विरुद्ध पनि सप्तरी तिलाठीका जनताले मोर्चाबन्दी गर्नैपर्ने हुन्छ किनभने वैदेशिक हस्तक्षेपलाई देशभित्र मलजल गर्नेहरू आखिरमा नेपालका लेन्डुपेहरू नै हुन् र नेपालमा यस्ता लेन्डुपेहरूको कमी छैन भन्ने त नेपालमा भएका गरिएका विभिन्न कार्यहरूबाट नै स्पष्ट भएका छन् । साथै नेपालको राजनीतिक क्षेत्रमा मात्रै नभई नेपालको प्रशासनयन्त्र र सुरक्षा निकायमा पनि यस्ता दलालहरूको कमी छैन । यदि नेपालको प्रशासनयन्त्र र सुरक्षा निकायमा रहेको भारतभक्तिमा मात्रै कमी आउने हो भने नेपाल र नेपाली जनतामाथि कसैले पनि थिचोमिचो गर्न सक्दैन । यसै सन्दर्भमा नेकपा(क्रान्तिकारी माओवादी) नेवा: राज्य समितिले काठमाडांैमा विरोधसभाको आयोजना गरी तिलाठीका जनताले देखाएको देशभक्तिपूर्ण प्रतिरोधको उच्च मूल्यांकन गरेको छ । उसले तिलाठीका जनताले देखाएको उच्च साहसको कदर गर्दै भारतीय विस्तारवादी हस्तक्षेपको डटेर विरोध गर्न समस्त नेपालीलाई आव्हान गरेको छ । साथै मातृभूमिको रक्षाका लागि एकजुट भएर संघर्ष गर्नका लागि पनि आव्हान गरेको छ । पार्टीका समर्थक क्रान्तिकारी विद्यार्थीहरूले आफ्नो व्यानरमा भनेका छन् ‘भारतीय विस्तारवादको प्रतिरोध गर्ने तिलाठी जनतालाई सलाम ।’
यो पनि ध्यान दिनु त्यत्तिकै आवश्यक छ कि नेपाल र भारतको सिमाना नजिक रहेका जनता परापूर्वकालदेखि मित्रता र भाइचाराको भावनामा रहादै आएका छन् र यो घटनाले त्यो जनताबीचको मित्रता र सौहाद्रतामा आाच आउनु हुादैन र भारतीय शासकवर्ग र नेपालका भारतीय दलालहरूले यसलाई त्यतातिर डोर्याउने खतरालाई ध्यान दिादै नेपालका अन्य क्षेत्रमा भएका डुवानका समस्यालाई पनि यही देशभक्तिपूर्ण भावनाले मार्गनिर्देशित गरिनु आवश्यक छ ।

















