प्रमसामु छिमेकी मुलुकसाग सन्तुलन मिलाउने अवसर

159

सन्तुलित सम्बन्धका लागि चीनका तर्फबाट कूटनीतिक पहल
काठमाडौं/ सामान्यतया नेपाली राजनीतिक नेतृत्वलाई कुनै छिमेकी मुलुकपरस्त विचारबाट सञ्चालिन हुने गरेको आरोपहरू लाग्दै आएका छन् । नेपालको राजनीतिमा छिमेकी मुलुक भारतको प्रभाव सामान्यभन्दा बढी नै रहेकाले नेपालका अधिकांश राजनीतिक नेतृत्वहरू चाहे प्रजातान्त्रिक विचारका हुन् या कम्युनिष्ट भारतप्रति बढी नै झुकाव राख्छन् । यही समस्याका कारण नेपालले दुई ठूला छिमेकी मुलुकका बीचमा रहेर पनि कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेको छैन । नेपालमा सरकार परिवर्तन तथा नयाा सरकार निर्माणका पछाडिसमेत कतै न कतै भारतको हात रहेको आरोप लाग्दै आएको छ । हालै प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यो आरोपबाट मुक्त छैनन् । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुादा चीनसाग बढी झुकाव रहेका भनिएका प्रचण्डले परम्परालाई तोड्दै आफ्नो पहिलो भ्रमणमा पनि चीन नै परेको थियो । तर हाल पुन: प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दा उनीमाथि भारततर्फ निकट भएको र त्यसैको फलस्वरूप प्रधानमन्त्री हुने अवसर पाएको आरोप लागिरहेको छ ।
नेपालको राजनीतिमा प्रचण्ड यस्ता नेता हुन् जसलाई कहिले चिनियाा आाखाबाट त कहिले भारतीय आाखाबाट हेर्ने गरिन्छ । तर उनी कुन कित्ताका नेता हुन् भनेर उनलाई नजिकबाट बुझ्नेहरूले पनि भन्न सक्दैनन् । प्रचण्ड आफंै पनि कसैको ‘एसम्यान’ नभएको कुरालाई पटक–पटक दोहोर्‍याउादै आएका छन् । कुनै एउटा कित्ताको वफादार ‘सिपाही’ को भूमिका निर्वाह गर्ने नेपाली राजनीतिको खेलमा प्रचण्ड यस्ता अपवाद हुन् जसलाई कुनै एउटा कित्ताबाट मात्र हेरेर उनीमाथिको आरोपलाई पुष्टि गर्न सकिादैन । प्रचण्डले आफूलाई चीनवादी वा भारतवादी नभई नेपालवादी भएको जनाउादै आएका छन् । चीन र भारतबीच रहेको नेपालले दुई मुलुकबीच सेतुको काम गर्नुपर्ने जनाउादै आएका प्रचण्डले आफूलाई सेतुको भूमिका निर्वाह गर्ने नेताका रूपमा पनि अथ्र्याउादै आएका छन् । चिनियाा क्रान्तिकारी नेता माओको विचारलाई भारतमा बसेर नेपालमा लागु गर्दै १० वर्षे सशस्त्र युद्ध सुरु गरेका प्रचण्डलाई दुवै छिमेकी मुलुकले पत्याउनुले पनि प्रण्चडको भनाइलाई केही हदसम्म पुष्टि गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा दुई छिमेकी मुलुक चीन र भारतका राष्ट्रप्रमुखहरूले नेपालको भ्रमण गर्ने चर्चा पाएको थियो । छिमेकी मुलुकहरूका प्रमुखले भ्रमण गर्ने कुरा निकै महत्वपूर्ण भए पनि विशेषगरी विश्व शक्ति बन्दै गरेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणले अझ विशेष महत्व राख्छ । ओली सरकारका पालामा भारतको गोवामा हुने ब्रिक्स सदस्य मुलुकहरूको शिखर सम्मेलनमा भाग लिन जान लागेका चिनियाा राष्ट्रपति सी जिङपिङले नेपाल भ्रमण गर्नसक्ने जनाइएको थियो । तर बीचमै सरकार परिवर्तन भएको र त्यो पनि भारतीय स्वार्थका कारण भन्ने हल्ला बाहिर आएपछि चिनियाा राष्ट्रपतिको भ्रमणबारे अन्योलता छाएको थियो । तर नयाा सरकार गठन भएलगत्तै चिनियाा विशेषज्ञहरूको एउटा टोली नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरिरहको छ । चाईना इन्स्टिच्युट अफ इन्टरनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स ( सीआईसीआईआर) का अध्यक्ष जी चिये सहितको उक्त टोलीले आगामी असोज महिनामा हुने चिनियाा राष्ट्रपतिको भ्रमण तयारीका लागि आफूहरू नेपाल आईरहेको जनाएका छन् । उनीहरूले राष्ट्रपति सीको भ्रमणका विषयमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्षसाग समेत भेट गरेका छन् । चिनियाा राष्ट्रपतिको भ्रमण स्थगित हुनसक्ने आशंका र अनुमानबीच चिनियाा विज्ञहरूको टोली नै आफंै आएर भ्रमणबारे चासो देखाउनुले प्रधानमन्त्री प्रचण्डमाथि लागेको आरोपलाई गलत सावित गरिदिएको छ । प्रचण्डले भनेजस्तै दुई मुलुकबीच सन्तुलित सम्बन्ध बनाउनका लागि उनीसामु निकै ठूलो अवसर आएको छ ।
एकातर्फ प्रचण्डको नेतृत्वमा सरकार बन्दा छिमेकी मुलुक भारतले पनि सकारात्मक प्रतिक्रिया दिएको छ अर्कोतर्फ चीनसागको सम्बन्ध बिग्रन सक्ने अनुमानका बीच चीन आफैंले कुटनीतिक रूपमा सन्तुलन कायम गर्न पहल गरिरहेको छ । चिनियाा विज्ञहरूको नेपाल भ्रमण तथा उनीहरूले राष्ट्रपति सीको भ्रमणका लागि वातावरण बनाउन पहल गर्नुले यसैलाई संकेत गर्छ । यस्तो अवस्थामा प्रचण्डले कुनै एक मुलुकलाई मात्र बढी प्राथमिकतामा नराखी सन्तुलित सम्बन्ध बनाउन सकेमा उनीमाथि लाग्ने गरेका आरोपहरूको त स्वत: खण्डन हुनेछ साथै प्रचण्डले भन्ने गरेको दुई विकसित मुलुकको बीचमा समृद्ध नेपाल बनाउने सपनासमेत धेरै टाढा देखिादैन । यसले समग्र मुलुकलाई मात्र होइन स्वयंम् प्रचण्डलाई पनि ऐतिहासिक व्यक्तित्व र राजनेताका रूपमा स्थापित गराउने छ । त्यसैले यस्तो महत्वपूर्ण समयको सही सदुपयोग गर्दै उनले चिनियाा राष्ट्रपतिको भ्रमणलाई सक्दो फलदायी बनाउने तथा दक्षिणी छिमेकी मुलुकका राष्ट्रपतिको भ्रमणका लागि पनि पहल गर्दै दुई छिमेकी मुलुकको सहयोगमा नेपाललाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन पहल गर्नुपर्छ भन्ने जनमत पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here