निर्देशक तुलसी घिमिरेले आफ्नो नयाा चलचित्र ‘दर्पण छाया २’को छायांकन सकेका छन् । धापासीस्थित एक घरमा चलचित्रको अन्तिम दृश्य खिचियो । यसपटक, सबै नयाा अनुहार लिएर उनले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पुष्पल खड्का, साहरा र श्रद्धा प्रसाइको मुख्य भूमिका छ ।
निर्देशक घिमिरेले नयाा कलाकारको कामको तारिफ गरे । उनले नयाा अनुहार भएपनि काम राम्रो गरेकाले चलचित्र पनि उत्कृष्ट बनेको दावी गरेका छन् । काठमाण्डौ, भक्तपुर, कालिङपोङ, दार्जिलिङलगायतका स्थानमा चलचित्र खिचिएको छ । ४५ दिन लगाएर खिचिएको चलचित्रले यसपटक छााया र सम्बन्धको कथा भन्ने छ ।
एकदशक अगाडि चलचित्र ‘दर्पणछाया’ निर्माण गरिएको थियो । जसले व्यापारिक राम्रो रेकर्ड बनाएको थियो । दीलिप रायमाझी, निरुता सिंह, उत्तम प्रधान यही चलचित्रबाट एउटा उचाइमा पुगेका थिए । तर, यसपटक यो चलचित्रमा यी तिनै कलाकार छैनन् । यसैले पनि नयाालाई पुरानो क्रेज जोगाउनुपर्ने चुनौती देखिएको छ । माघको दोश्रो साताबाट चलचित्र रिलिज गरिने निर्माणपक्षले जनाएको छ ।

















