‘मोडल हन्ट नेपाल, सिजन टू’को ताज विवेक र रोनालीलाई

346

काठमाडौं ् सिनामंगलका १८ वर्षीय विवेक खड्का र थापाथलीकी २१ वर्षीया रोनाली अमात्य ‘मोडल हन्ट नेपाल, सिजन टू’को ताज पहिरिन सफल भएका छन् । राजधानीको आर्मी अफिसर्स क्लबमा शनिबार सााझ सम्पन्न अन्तिम स्पर्धामा पुरुषतर्फको उपाधि विवेक र महिलातर्फको उपाधि रोनालीले जितेका हुन् ।
शीर्ष ताज पहिरिने क्रममा ६ फिट १ इञ्च अग्ला विवेकले ३४ जनालाई र ५ फिट ८ इञ्च उचाईकी रोनालीले २५ प्रतिस्पर्धीलाई पछि पारिन् । रोनालीले शीर्ष उपाधिसहित वेस्ट पर्सनालिटीको उपाधिसमेत हात पारिन् । शीर्ष उपाधिका विजेता दुवैले चलचित्र र म्युजिक भिडियोमा अभिनयको अवसर तथा विभिन्न उपहारसहित एक वर्षसम्म मोडल हन्ट नेपालको एम्बेस्डर बन्ने अवसर प्राप्त गरे । यसका साथै विजेताहरू विभिन्न प्रोजेक्टका लागि अनुबन्धित समेत भएका छन् ।
मोडलिङ पेशालाई व्यवसायिक एवम् मर्या्िदत बनाउादै फेसन तथा मोडलिङमा नयाा आयामको सुरुवात गर्ने उदेश्यले गत वर्षबाट प्रतिस्पर्धा सुरु गरिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए । प्रतियोगिताको यो दोस्रो संस्करणमा पुरुषतर्फ जुवेश डंगोल र उमेश पन्त तथा महिलातर्फ प्रिती मल्ल र मोनिका रामधाम क्रमश: फस्ट र सेकेण्ड रनरअप घोषित भए । यी सबैले चलचित्र, म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गर्ने अवसरसहित विभिन्न उपहार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।
प्रतिस्पर्धामा पुरुषतर्फ राजु लामा वेस्ट पर्सनालिटी, सुदनराज अमात्य वेस्ट फिजिक्स, विष्णु घिमिरे मोस्ट पपुलर, सिलास राई पब्लिक च्वाईस, ब्रायन कुावर वेस्ट वाक, निश्चल श्रेष्ठ मोस्ट फोटोजेनिक, सुदिप सिंखडा मोस्ट डिसिप्लेन, सरोज लामा स्टाइलिश चुनिादा महिलातर्फ मोनिका रामदाम वेस्ट फिगर, एलिशा थापा मगर मोस्ट पपुलर, नितिका बुढा पब्लिक च्वाईस, प्रिती मल्ल वेस्ट वाक, प्रार्थना थापा मोस्ट फोटोजेनिक, बन्सिका शर्मा मोस्ट डिसिप्लेन, एलिजा भट्टराई मोस्ट स्टाइलिश चुनिए ।
अन्तिम स्पर्धामा सहभागी सबैलाई रन वे, व्यक्तित्व विकास, आरजे, भीजे, अन्तर्राष्ट्रिय फोटोग्राफी एवम् फोटो सूट, सञ्चारकला, स्टेज पफर्मेन्स लगायत विभिन्न विधामा प्रशिक्षण दिइएको थियो ।
पूर्व मिस नेपाल उषा खड्गी, चर्चित ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, विश्व चर्चित फेसन डिजाइनर स्टेला मेरिस हाफेले, पूर्व म्यान हन्ट तथा अभिनेता निर्जन थापा लगायतका मानिसहरू निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजित शाक्यले गरेका थिए ।
नेपालमा अहिलेसम्म आयोजना भएका मोडलिङ प्रतियोगिताभन्दा भिन्न स्टेजको डिजाइन तयार गरिएको यस प्रतियोगिता नेपालीमूलका युवायुवतीको प्रतिभा पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको मोडल उत्पादन गर्न सहायक सिद्ध हुने विश्वास लिइएको आयोजक नेष्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यत्ना पाण्डेले बताइन् ।
खचाखच दर्शकले भरिएको कार्यक्रमस्थलमा स्टेजको सजावट पनि विशेष रहेको थियो । कार्यक्रमबाट फण्डमा जम्मा भएको रकम र सामानहरू भक्तपुरमा रहेको सिर्जनशील बालकल्याण केन्द्रकी अध्यक्ष उमादेवी बस्नेतलाई प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष धमलाले बताए ।
सो अवसरमा रिमा विश्वकर्मा, उत्तम बनेपाली, मोडल हन्टका पूर्व्विजेता समिर कुावर राणा, अनिता नेपाली, मनिस राउत, नविन न्यौपाने तथा सिवानी मल्ल लगायतले पनि प्रस्तुति गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here