काठमाडौ/ सञ्चार क्षेत्रमा केही नयाा गर्ने सोचसहित आएका नवनियुक्त सञ्चारमन्त्रीलाई इन्टरनेट प्रदायक कम्पनी सुविसु केवलनेट प्रालिले चुनौती दिएको छ । ग्राहकलाई सेवा दिने नाममा लुट मच्चाइरहेको कम्पनी सञ्चार क्षेत्रमा नयाा गर्ने चाहना राख्ने मन्त्रीका लागि चुनौती बनेको हो । इन्टरनेट प्रदायक कम्पनीहरुको ठगी धन्दाका कारण सञ्चारमन्त्रीले चुनौती व्यहोर्नुपर्ने देखिएको छ । सुविसुले सुरुमा निकै राम्रो सेवा रहेको भन्दै ग्राहकलाई आकर्षित गर्ने गरे पनि सेवा सुरु गरिसकेपछि ग्राहकहरूलाई ठगी गर्ने गरेको गुनासो बढेको छ । सुविसुको इन्टरनेट प्रयोग गर्ने ग्राहकहरूले कम्पनीले दिने गरेको सेवाका बारेमा पटक–पटक कम्पनीमा गुनासो गर्दासमेत समस्या समाधान गर्नेभन्दा पनि आलटाल गरेर ग्राहकहरूलाई अल्मल्याउने गरेको गुनासो गरेका छन् । ललितपुरको नख्खुका एक सेवाग्राहीले जनधारणासाग गुनासो गर्दै आफूले विगत एक महिनादेखि सुविसुको नेटमा समस्या रहेको भनेर धेरैपटक कम्पनीमा उजुरी गर्दासमेत कुनै सुनुवाई नभएको जनाए । त्यसैगरी इन्टरनेट समस्याका बारेमा सुविसु कम्पनीलाई जानकारी गराउादा समस्या समाधान गरिदिने बाचा गरे पनि समस्या यथावतै रहने गरेको तर कम्पनीले समयावधि पूरा हुनेबित्तिकै इन्टरनेट चलाएबापतको शुल्क भने तत्कालै असुल्ने गरेको धेरै ग्राहकहरुको गुनासो पाइएको छ ।
सुविसुको इन्टरनेट सेवा कामै नलाग्ने रहेको भन्दै बल्खुतिरका सुविसुका ग्राहकहरुले गुनासो गरेका छन् । विगत दुई वर्षदेखि सुविसुको इन्टरनेट सेवा लिादै आएका बल्खुका एक ग्राहकले सुविसुको सेवाका बारेमा कम्पनीमा शिकायत गर्दासमेत कुनै सुनुवाई नभएको गुनासो गरे । उनले भने ‘सुरुमा निकै राम्रो सेवा छ भनी इन्टरनेट जोड्न लगाइयो तर पछिल्लो समय कम्पनीले सेवा दिने नाममा लुट मच्चाइरहेको छ ।’ उनले सुविसुको सेवाका बारेमा अधिकांश ग्राहकहरूले गुनासो गर्ने गरे पनि कम्पनीले ग्राहकलाई ठगेर खाने बानी परेकाले कुनै सुनुवाई नभएको जानकारी गराए । सुविसु कम्पनीको सेवाका बारेमा निकै आक्रामक देखिएका उनले कम्पनीले ग्राहकलाई ठगिरहेमा प्रहरी तथा दूरसञ्चार प्राधिकरणमा समेत उजुरी दिने चेतावनी दिएका छन् ।

















