ओलीको राष्ट्रवादी अडानमा प्रचण्डको स्वामित्व

211

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–तराई जोड्ने द्रुतमार्ग स्वदेशी लगानीमा बनाउने निर्णय आफ्नै सक्रियतामा भएको जनाएका छन् । राष्ट्रिय सरोकार अभियान, नेपालले निजगढ–काठमाडौं दू्रतमार्ग, माथिल्लो कर्णाली, अरुण–३ र उपल्लो मस्र्याङ्गदी जलविद्युत् आयोजनाहरूका सम्बन्धमा प्रधानमन्त्री प्रचण्डसाग भेटेर ज्ञापनपत्र बुझाएपछि प्रचण्डले आफ्नै सक्रियतामा भएको निर्णयबारे शंका नगर्न आग्रह गरेका हुन् । ज्ञापनपत्रको सार उल्लिखित आयोजनाहरू नेपाल आफौले आफ्नै लागि निर्माण गर्नुपर्ने भन्दै अभियानले यी आयोजनाहरूका विषयमा प्रधानमन्त्री आफ्नै सक्रियतामा सम्बन्धित मन्त्रालय, विषयविज्ञ र सरोकारवालाहरूबीच अविलम्ब एक उच्चस्तरीय सम्मेलन गरेर मात्र अन्तिम निर्णयमा पुग्न सुझाव दिएको थियो ।

सो ज्ञापनपत्र तथा प्रतिनिधिमण्डलका सदस्यहरूले उठाएका जिज्ञासाहरूको जवाफमा प्रधानमन्त्री प्रचण्डले अभियानले उठान गरेका विषयको भाषा र भाव बुझेको जनाएका थिए । उनले आफू चुनौती र अवसरबीच अग्निपरीक्षामा उभिएको प्रधानमन्त्री भएकाले यस्ता चुनौतीहरूको सामना र अवसरहरूको उपयोग सबैले मिलेर गर्नुपर्ने जनाएका थिए । उनले काठमाडौं–तराई द्रुतमार्ग नेपाल आफौले निर्माण गर्नुपर्दछ भन्ने अघिल्लो सरकारको निर्णयमा पनि तत्कालीन सरकार सञ्चालन संयन्त्रको प्रमुखको हैसियतले आफ्नो महत्वपूर्ण भूमिका रहेको भन्दै विज्ञहरूबाट प्राविधिक विषयमा सल्लाह र सुझाव प्राप्त हुादा राजनीति गर्नेहरूले गर्ने राजनीतिक निर्णयहरूलाई त्रुटिरहित बनाउन सहयोग पुग्ने जनाएका थिए ।
प्रचण्डले नेपालको जलस्रोत तथा जलविद्युत्को अधिकतम उपयोग गर्नुपर्ने भए पनि यसो गरिरहादा राष्ट्रिय हक र हितको सौदाबाजी हुनसक्ने खतराप्रति आफू चिन्तित रहेको जनाएका थिए । प्रधानमन्त्री प्रचण्डले यी आयोजनाहरूका बारेमा ठोस निर्णयमा पुग्नका लागि भारत भ्रमणभन्दा पहिले विज्ञहरूको उच्चस्तरीय सम्मेलन गर्न सम्भव नभए पनि भारत भ्रमणपूर्व विज्ञसाग छलफल र परामर्श गर्ने जनाए । प्रचण्डले एउटा सेनापतिलाई कारबाही गर्ने क्रममा त आफूखुशी सरकार छोडेको भन्दै राष्ट्रिय हितमा काम गर्दा पुन: सरकार छोड्नु परे पनि त्यो आफ्ना लागि ठूलो कुरा नभएको जनाएका थिए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला असमान सन्धि/सम्झौताहरू गर्न नहुने भन्दै सुझाव दिन राष्ट्रिय सरोकार अभियान, नेपालका संयोजक पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वजलस्रोत सचिव डा. द्वारिकानाथ ढुंगेल, ऊर्जाविद् प्रा.डा. हरि पण्डित, जलस्रोतविद् डा. गोपाल सिवाकोटी ‘चिन्तन’, डा. मंगल विश्वकर्मा, प्रा.डा. सुरेन्द्र केसी, अजितनारायण सिंह थापा, अधिवक्ता भाइराजा राई, पूर्णबहादुर कुावर, टेकबहादुर विश्वकर्मा, विहारिकृष्ण श्रेष्ठ, भरत बस्नेत, रत्नसंसार श्रेष्ठ, भरतबहादुर शाही, गोविन्द सिंह थापा, खुमा सुवेदी, लोकबहादुर राउतलगायतका विज्ञहरूको टोली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here