बाह्य हस्तक्षेप बढेको भन्दै बादल आक्रोशित

183

काठमाडौं/ नेकपा माओवादी केन्ऽका नेता रामबहादुर थापा ‘बादल’ले माओवादी केन्ऽ सत्ताको नेतृत्वमा पुगेलगत्तै बाह्य शक्तिको स्वार्थमा राष्ट्रघाती सन्धि/सम्झौताको चाङ लागेको खुलासा गर्नुभएको छ । उहााले यी सबै राष्ट्रघाती, जनघाती परिस्थिति चिर्न सक्ने वा नसक्ने भन्ने विषय पार्टीसामु ठूलो चुनौतीका रूपमा देखापरेको जनाउनुभएको छ । नेता बादलले हाल देश बाह्य हस्तक्षेपको दलदलमा परेको र पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको भन्दै विदेशी दलालले देशभित्रैबाट दलाल खडा गरेर विकासोन्मुख मुलुकहरूमा शासनसत्ता चलाउादै आइरहेको जनाउनुभयो । उहााले त्यस्ता दलालहरूलाई परास्त गर्नुको विकल्प पार्टीसाग नरहेको पनि जनाउनुभयो । सरकारको नेतृत्व गरिरहादा पनि माओवादी केन्ऽसामु राष्ट्रियताबारे लड्ने कि आत्मसमर्पण गर्ने भन्ने विषय मुख्य चुनौती बनेर देखापरेको बादलको भनाइ थियो । संवाद डबलीमा आयोजना गरिएको कार्यक्रममा नेता बादलले जनयुद्धमा तत्कालीन शाही सेनालाई चुनौती दिादै राजतन्त्र हटाउन सफल थुप्रै जनमुक्ति सेनालाई अयोग्यको संज्ञा दिएर समायोजनबाट बाहिर पठाएर राज्यले अपराध गरेको जनाउनुभयो । नेता बादलले बहिर्गमित जनमुक्ति सेना क्रान्तिबाट आएको पूर्वजनसेना भएको र यो सामान्य सेना नभएको भन्दै उहााले अरु सेनाभन्दा क्रान्तिकारी सेना पृथक् रहेको जनाउनुभयो । उहााले बहिर्गमनमा पारिएका जनमुक्ति सेनाको अधिकार र उसले गर्ने संघर्षबारे पार्टीले सोचिसकेको जनाउनुभयो । पूर्वजनमुक्ति सेनाले जनताको अधिकारको लागि पुन: संघर्षमा जानुपर्ने दिन टाढा नरहेको भन्दै पार्टीले यसबारे ठोस कार्यक्रम ल्याउन लागेको जनाउनुभयो ।

नेता बादलले काठमाडौं–तराई फाष्ट ट्रयाक, अपर कर्णाली र राष्ट्रिय सुरक्षामा विदेशी स्वार्थका प्रस्तावहरू आइरहेको खुलासा गर्नुभयो । उहााले भन्नुभयो, ‘हाम्रो पार्टी राष्ट्रियता, जनअधिकार र जनजीविकाको मुद्दामा मनोगत र विचलित भएको कुरा सााचो हो, यी विषय जनताका शत्रु हुन् । यो अवस्था चिर्न पार्टीले सरकारको नेतृत्व गरेको हो । कसैले भर्‍याङ हालिदिएर पुगेको होइन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here