काठमाडौं/ चर्चित उपन्यासकार गुरुजू तान्त्रिक ‘जामन: गुभाजु’को पौराणिक कथाका आधारमा नेपालमा फिल्म बन्न लागेको छ । यसको सुटिङ गत शनिबारदेखि मकवानपुरको चित्लाङ र पालुङमा सुरु भएको छ । ‘जेसिपेनी इन्टरटेनमेन्ट’ र ‘द वाइल्ड बुल्स प्रोडक्सन’को संयुक्त आयोजनामा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मको झण्डै एक वर्ष अगाडि शुभमुहूर्त गरिएको थियो । यो फिल्म भूकम्प र नाकाबन्दीको कारण निर्माणकार्य स्थगित भएको निर्मातापक्षले जनाएको छ । काठमाडौंका प्रसिद्ध तान्त्रिक सुरतबज्र, लिलाबज्र, शाश्वतबज्र अनि मञ्जु बज्र हुन् । यसमध्ये मञ्जुबज्र सबैभन्दा बढी प्रचलित बज्र हुन् । यस फिल्मका कथा, पटकथा, संवाद सुशील राजोउपाध्यायले गर्नुभएको छ ।
नेपाल भाषामा वा म्युजिक भिडियोदेखि फिल्मसम्मको निर्माणकार्य गरेको अनुभव भएका अनुभवी ‘रवि साय्मी’ले यसमा निर्देशन गर्नुभएको छ । बालकृष्ण वंशीको संगीत, गौतमदास मानन्धर, सतिश महर्जन, रत्नशोभा महर्जन अनि सरिता शाहीले यसमा मीठो स्वर दिनुभएको छ ।
यस फिल्मको छायांकनको जिम्मा पाएका टेलिभिजन पत्रकार भवानी शिलाकार हुनुहुन्छ ।
यस फिल्मका कलाकार सुशीलराज उपाध्याय, उदेन न्हूसाय्मी, सरस्वती मानन्धर, संयुक्त स्थापित, पूर्णकाजी ज्यापू, ज्ञानीमैयाा प्रजापतिलगायतका छन् । कलाकारहरूको प्रमुख भूमिका हुने यस फिल्ममा अधिकांश सुटिङ राजधानी बाहिर गर्ने तय भएको छ । यो फिल्मको छायांकन करिब १० देखि १५ दिनभित्र सक्ने योजना रहेको निर्देशक साय्मीले जनाउनुभयो । यस जिल्लामा पहिलोपटक नयाा प्रविधिको ‘फोर के क्यामेरा’ प्रयोगमा ल्याइएको छ ।


















