काठमाडौं/ नेपालका १४ वटा बैंकहरू मिलेर सहलगानीमा ५४ मेगावाटका दुईवटा जलविद्युत् आयोजना निर्माण गरिने समाचारले उत्साह थपेको छ । सानीगाउा हाइड्रो प्रा.लि.ले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाउा जलविद्युत् आयोजनामा माछापुच्छ्ेर बैंकको नेतृत्वमा सम्झौता भएको छ । यसमा माछापुच्छ्ेर बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, एनसीसी बैंक, सनराइज बैंक, जनता बैंक, कुमारी बैंक र सिभिल बैंकको लगानी रहने भएको छ । यसमा ८ वटा बैंकले गरी ४ अर्ब ७३ करोड लगानी गर्ने भएका छन् ।
त्यसैगरी एनएमबी बैंकको नेतृत्वमा ६ वटा बैंकले कालंगा हाइड्रो प्रा.लि.को प्रवद्र्धनमा १५ दशमलव ३३ मेगावाटको कालंगा गाउा जलविद्युत् आयोजनाका लागि सम्झौता भएको छ । यसमा एनआईसी एसिया बैंक, सिभिल बैंक, जनता बैंक, देश विकास बैंक र ज्योति विकास बैंकको गरी ३ अर्ब १० करोड लगानी हुने भएको छ ।


















