 सत्यनारायण मण्डल, नेता नेकपा एमाले

संविधान संशोधन गर्नुपर्छ भनेर कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले पनि भनिसक्नु भयो, तपाईहरू किन यसको विपक्षमा ?
को निधि ? उपप्रधानमन्त्री भयो भन्दैमा हामीले किन मान्ने निधिले भनेको ? यस्तो कुरामा हामीले साथ दिने होइन, यदि मधेसका जनताको हितको लागि प्रस्ताव आउाछन् भने हामी सोच्छौं, तर प्रस्ताव ठोस रूपले आउनुपर्‍यो । हामी छलफल गर्छौं, हामी विपक्षमा जाादैनौं ।’ संशोधनको कुरा गर्ने मधेसी नेताहरूले जे–जे भन्छन् हामी त्यही–त्यही मान्ने उनीहरूको हरूवा हो र ?

मधेसमा नेपाली कांग्रेससाग जनमत छ नि त ?
त्यो कुरा छोड्नुहोस् हामीसाग पनि जनमत छ, गरोस् न उनीहरू, हामी देखाइदिउाला ।

तपाई मधेस विरोधी बन्नु भयो नि ?
ए, म मधेस विरोधी ?, जो विदेशीको दलाली गर्छन् उनीहरू चाहीा के ? देश विरोधी भएनन् ?

तर एमालेले सहमतिको राजनीति टुटाउन चाहेको सत्तारुढ दलको आरोप छ ?
हामीले एक्लै अघि बढ्ने कुरा गरेका छैनौं, हामी पनि सागै हिंड्न चाहन्छौं, तर प्रचण्डले जे भन्यो त्यही एमालेले मान्दैन, एमालेको आफ्नै इतिहास छ, यसको आफ्नै दृष्टिकोण छ नि ! हाम्रो पार्टी नेपाली जनताको हितमा सोच्ने पक्षमा छ ।
मधेसी जनता संविधानमा विभेद भयो भन्दै संशोधनको पक्षमा छन्, तर तपाईहरू किन यसको विपक्षमा उभिनु भयो ?
मधेसको मुद्दा के हो ? आज पााच सात वर्षदेखि स्याल हुइाया चलेको छ । मधेस आन्दोलनमा यत्रा मान्छेहरूको हताहाती भयो, तर मधेस मुद्दा के हो ? मैले बुझ्न सकेको छैन । चारवटा जिल्ला यताबाट उता गरिदिंदैमा मधेस समस्या समाधान हुन्छ ? मधेसमा यदि सामाजिक रूपान्तरण नगर्ने हो भने सीमांकनको कुरा गरेर केही हुनेवाला छैन, समस्या विभेदको कुरा हो ।

तर शासकहरूले त मधेसी नेतासाग सम्झौता गरेका थिए नि त ?
कति वटा शासकले गरे ? जायज नाजायज सम्झौता गिरिजाबाबुदेखि भएको छ, प्रचण्डजीले पनि गर्नुभएको छ, माधव नेपालले पनि गर्नुभयो तर माधव नेपालको मात्र के कुरा गर्ने, म भन्छु मधेसको मुद्दा भनेको हिन्दूवर्णवादी सामाजिक प्रथा हो, यसको रूपान्तरण नगरीकन मधेसको मुद्दा एक इन्च पनि अगाडि बढ्दैन, समस्या यथावत रहन्छ ।

मधेसी जनताले अधिकार पाइएन भनिरहेका छन् नि ?
मधेसी जनतालाई किन अधिकार छैन ? म पनि मधेसी हुा, मधेसको वस्तुगत अवस्था के हो ? १ करोड ३३ लाख जनसंख्या भएको मधेसमा ४४ लाख ६६ हजार पहाडियाहरू छन् । ८८ लाख ८६ हजार तराईवासीहरू छन् । अनि अरु अल्पसंख्यकहरूको पनि उपस्थिति छ । सबैको आवाज सुन्नु पर्दैन ?

तपाईको पार्टीका अध्यक्ष केपी ओलीले दवाव र स्वार्थमा संविधान संशोधन हुादैन भन्नुभएको छ नि ?
औचित्य पुष्टि गर्नुपर्‍यो नि, पहिला पनि संशोधन भएकै हो, भोलि कसैले अंगीकृत नागरिकहरूलाई संवैधानिक प्रमुख बनाइदिने हो भने समस्याको हल हुन्छ ? संविधान संशोधन भारतका लागि हो कि नेपालका लागि ? प्रश्न यहाानिर छ, फेरि अर्को समस्या यता जनजातिहरूको आउाछ, भोलि खसआर्यहरूको आउाछ, त्यतिबेला के गर्नुहुन्छ ?’ म संविधान संशोधनको विपक्षमा छैन । तर मुद्दा के त ?, मधेसमा अहिले १२ लाख जनसंख्या दलित छन् । के सीमांकन गर्दैमा दलितहरूको समस्या हल हुन्छ ? तर सीमांकनको कुरालाई सानोतिनो केही छ भने मिलाउनुपर्छ, दुई प्रदेशको कुरा गरेर हुन्छ ? हुन त उहााहरूले पहिला एक प्रदेशको कुरा गर्नुभएको थियो । खोइ त ? देशलाई बिखण्डन गर्ने आधार तयार पार्न कसैले स्वार्थ राखेको छ भने त्यसमा मधेसीहरू मतियार बन्न हुादैन ।

मधेसी दलका नेताहरूले प्रदेश सीमांकन गर्नुपर्छ भनिरहनुभएको छ, अब तपाईहरू के गर्नुहुन्छ ?
मधेसका मुठठ्ीभर शोषक र उपल्लो जातका मान्छेहरूले त्यो कुरा भन्ने गरेका छन्, राजेन्द्र महतो र उपेन्द्र यादवको कुरा छोड्नुस् । मधेसका तीनवटा समुदायले मधेसलाई बर्वाद गरेका छन् । ‘पण्डित, पटवारी र बाबुसाहेब’ भनेको मधेसका पीडित जनतालाई शासन गर्ने शोषण गर्ने वर्ग हो, उनीहरूले हामीलाई हजारौं वर्षदेखि दास बनाएर राखेका छन् । उनीहरूको दासताबाट उन्मुक्ति पाएपछि मात्र मधेसीहरूको समस्या समाधान हुन्छ । दुई प्रदेशले मधेसीहरूको समस्या समाधान हुने भन्दा राष्ट्रिय स्वाधीनता नै खतरा पर्न जान्छ ।

त्यसो भए संविधान संशोधनमा एमालेको सहयोग हुादैन ?
मैले माथि भनिसकें नेपालको हित हुने विषयमा एमाले पछि हट्दैन । संशोधन त एमालेकै नेतृत्वमा रहेको सरकारले एकपटक गरिसकेको छ । पटक–पटक पनि संशोधन गर्न सकिन्छ । तर नेपालको हितमा हुनुपर्‍यो । मधेसलाई दुई प्रदेशमा सीमांकन गरेर नेपालको समस्या समाधान हुने भन्दा बल्झिने र संकट फस्ने भएकाले त्यसको पक्षमा एमाले हुने छैन । त्यसको विरोधमा एमालेले दृढतापूर्वक सामना गर्नेछ र त्यस्तो प्रस्तावलाई असफल तुल्याउने छ ।

प्रस्तुति– ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here